कोरीयनको कर्म

आनन्द खोज्दै गौरादहमा कोरीयनहरु

जहाँ विद्यालय बन्छन् तीर्थ, र शिक्षा बन्छ सेवा

दमक, १ पुष | हरेक वर्ष झापाको सानो सहर गौरादहमा केही पाहुनाहरू आइपुग्छन्। न उनीहरू पर्यटक हुन्, न कुनै व्यापारिक प्रतिनिधि। उनीहरू खोजिरहेका छन् न त रिसोर्ट, न पार्क, न कुनै भव्य संरचना। उनीहरू खोजिरहेका छन् आत्मिक सन्तोष। यही सन्तोषको यात्राले कोरियाका ली जी साङ र ली छान योङलाई बारम्बार गौरादहतिर डोर्‍याइरहेको छ।

 

पहिलो नजरमा लाग्न सक्छ, कोरीयनहरूलाई गौरादहमा रमाउने के नै छ र? तर आनन्द सधैं सुविधामा हुँदैन। कहिलेकाहीँ त्यो मुस्कानमा, कक्षाकोठाको उज्यालोमा र भविष्य देख्न थालेका बालआँखामा भेटिन्छ। यही अनुभूतिले उनीहरूलाई यहाँसम्म ल्याइरहेको छ।

दक्षिण कोरियामा बौद्ध दर्शन मान्ने विभिन्न समूहहरू छन्। तीमध्ये ली जी साङको नेतृत्वमा रहेको संस्था हो पनि छ । त्यो हो ‘हेल्पिङ रोड’।
यो संस्थाले ग्रामीण क्षेत्रका विद्यालयहरूमा शिक्षाको पहुँच र गुणस्तर सुधार गर्न निरन्तर काम गर्दै आएको छ। नेपालका लागि त्यो गन्तव्य बनेको छ , झापाको गौरादह ।

 

हेल्पिङ रोडले यहाँका सामुदायिक विद्यालयहरूमा भवन मर्मत, कक्षाकोठा सुधार, शैक्षिक सामग्री, छात्रवृत्ति तथा आधारभूत स्रोतसाधन उपलब्ध गराउँदै आएको छ। निजी विद्यालयको महँगो शुल्क तिर्न नसक्ने वर्गका बालबालिकालाई विद्यालयसम्म जोड्ने प्रयासमा यो संस्था वर्षौंदेखि लागिरहेको छ।

ग्रामीण परिवेश। विद्यालयका भवनहरू त ठडिएका छन्, तर भित्र आवश्यक सामग्रीको अभाव अझै गहिरो छ। यही अभावका कारण धेरै बालबालिका पढाइबाट टाढा रहने जोखिममा छन्। ली जी साङ यस यथार्थप्रति चिन्तित देखिनुहुन्छ । उहाँ भन्नु हुन्छ ‘हामीले गरिरहेको सहयोग सानो हो, तर निरन्तर रहने छ । यति मात्र पर्याप्त छैन। राज्यले पनि यस्ता विद्यालयतर्फ गम्भीर ध्यान दिन जरुरी छ।’

कसरी आए यी कोरीयनहरु गौरादहमा ?

यी कोरीयनहरू गौरादह नै किन? यसको उत्तर एउटा नामसँग जोडिएको छ कृष्ण प्रसाद सिटौला। कोरियामा उहाँलाई धेरैले केपी सिटौला भनेर चिन्छन्।

गौरादहकै भद्रकाली माध्यमिक विद्यालयबाट शिक्षाको पहिलो अक्षर चिन्नुभएका सिटौला, कठिन परिस्थितिमा पढ्दै हुर्किएका व्यक्ति हुनुहुन्छ ।

रोजगारीका लागि कोरिया पुगेपछि फेरि जन्मथलो फर्किँदा उहाँ आफ्नो पुरानो विद्यालय पुग्नुभयो । त्यही विद्यालयमा आफूलेसँगै पढेको साथी प्रधानाध्यापक बनेको देख्दा उहाँलाई गर्व लाग्यो। तर विद्यालयको अवस्था देख्दा मन भारी बन्यो।

 

त्यही क्षण उहाँले प्रण गर्नुभयो ‘आफू पढेको विद्यालयबाटै’ परिवर्तन सुरु गर्ने। सुरुमा प्राविधिक शिक्षाका सामग्री जुटाउनुभयो । पछि बुझ्दै जादा एउटा विद्यालय मात्र काफी नहुने देख्नु भयो । त्यसपछि छिमेकी विद्यालयहरू हुँदै आज गौरादहका अधिकांश सामुदायिक विद्यालयमा उहाँको नेतृत्वमा कोरीयनहरुको सहयोगको अभियान फैलिएको छ।

 

आइतबार मात्रै गौरादह शहिद निशुल्क आधारभूत विद्यालयमा कक्षाकोठा रिनोभेसन, बालमैत्री सेटअप र आवश्यक शैक्षिक व्यवस्थापन गरिएको सिटौला बताउँनुहुन्छ ।

सिटौलाको विश्वास सरल तर शक्तिशाली छ । आज हरेक परिवारका एक न एक सदस्य विदेशमा छन्। यदि उनीहरूले आफूले कखरा सिकेको विद्यालयमा थोरै भए पनि योगदान गर्नेहो भने नेपालका सामुदायिक विद्यालयहरू कुनै पनि हिसाबले निजीभन्दा कमजोर रहने छैनन्।

तर यसका लागि व्यक्तिको इच्छा मात्रै काफी हुँदैन। समुदाय, विद्यालय र अभिभावक सबैको साझा सहकार्य अपरिहार्य रहने उहाँको ठहर छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको