शशांकको नेतृत्वमा आगामी कांग्रेस इतरसमूह अघि बढ्ने

काठमाडौं ,३१ साउन। नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा। शशांक कोइरालालाई समूहको नेतृत्वमा अघि सारेको छ । काठमाडौंमा जारी राष्ट्रिय सम्मेलनबाट कोइरालालाई इतरसमूहको नेतृत्व गर्दै आगामी १५औँ महाधिवेशनका लागि आवश्यक गतिविधि समन्वय गर्ने जिम्मेवारी दिइएको हो ।

सम्मेलनले पारित गरेको पाँचबुँदे प्रस्तावको पहिलो बुँदामै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने उल्लेख गरिएको छ । प्रस्तावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमै १५औँ महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ ।

प्रस्तावमा भनिएको छ, ‘१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गरिनेछ र श्री शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ । उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलन व्यक्त गर्दछ ।’

त्यस्तै, १५औँ महाधिवेशनसम्म पार्टीका आवश्यक नियमित गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले समन्वय गर्दै अघि बढाउने प्रस्तावमा उल्लेख छ । यही निर्णयअनुसार राष्ट्रिय सम्मेलनका संयोजकसमेत रहेका डा। कोइरालालाई महाधिवेशनसँग सम्बन्धित गतिविधि अघि बढाउने महत्वपूर्ण जिम्मेवारी दिइएको हो ।

यसअघि कांग्रेसको संस्थापनइतर समूहको नेतृत्व कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले गर्दै आएका थिए । पछिल्लो समय इतरसमूहभित्र आगामी महाधिवेशनमा कसको नेतृत्वमा जाने भन्ने विषयमा छलफल चल्दै आएको थियो । राष्ट्रिय सम्मेलनमार्फत शशांक कोइरालालाई अघि सारिएसँगै समूहको नेतृत्वसम्बन्धी अन्योल पनि केही हदसम्म अन्त्य भएको देखिएको छ ।

राष्ट्रिय सम्मेलनमा देशभरबाट आएका प्रतिनिधिहरू सहभागी छन् । सम्मेलनमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफलसमेत भएको छ ।

कांग्रेसको संस्थापनइतर समूहले १५औँ महाधिवेशनलाई पार्टी एकताको महाधिवेशन बनाउने बताउँदै आएको छ । पार्टीभित्र संस्थापन र संस्थापनइतर पक्षबीच महाधिवेशनको प्रक्रिया, नेतृत्व तथा संगठनात्मक संरचनाका विषयमा मतभेद कायमै रहेकाले पछिल्लो निर्णयलाई कांग्रेसको आन्तरिक शक्ति सन्तुलनका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना