मतदान जारी

एमाले महाधिवेशनमा साढे १२ बजेसम्म कति मत खस्यो ?

काठमाडौं,२पुस। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि मतदान भइरहेको स्रोतले जनाएको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको छ।
एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय, केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने २२६३ प्रतिनिधिहरु रहेका छन् । बिहान साढे ९ बजेदेखि मतदान सुरू भएको हो। साढे १२ बजेसम्म निर्वाचन आयोगका अनुसार हालसम्म ४०० मत खसेको छ। पार्टीको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको स्रोतले जनाएको छ। महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा छ।

एमालेको ११ औं महाधिवेशनमा १२ जना निर्विरोध निर्वाचित भएका छन्। नयाँ नेतृत्व छनोटका लागि मतदान जारी रहँदा उम्मेदवारका समर्थकहरुले प्रचारप्रसार गरिरहेको जनाएका छन् । शीर्ष नेताहरु कार्यकर्तासँग मत माग्नुका साथै भलाकुसारी गरिरहेका छन्। मतदान चलिरहँदा गायिका ज्योति मगर पनि महाधिवेशनस्थलमा पुगिरहेनु भएको छ। आज राति १० बजेभित्रै मतदान सक्ने लक्ष्य एमालेको रहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा