‘स्पोर्टस विक’ सुरु

कार्यक्रमबाट विद्यार्थीका प्रतिभालाई प्रस्फूटन गर्ने उद्धेश्य

सरस्वती मावीमा वार्षिक कार्यक्रमबाट विद्यार्थीका खेल प्रतिको रुचीलाई थप प्रोत्साहन गर्न सक्ने विद्यालयको विस्वास

दमक,३ पुस । दमक ९ स्थित सरस्वती मावि इटाभट्टामा बिहिबारबाट ‘स्पोर्टस विक’ सुरु भएको छ । विद्यालयले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत विद्यार्थीका प्रतिभालाई प्रस्फूटन गर्ने उद्धेश्यले यस खालको कार्यक्रम गर्ने गरेको प्रधानाध्यापक सिताराम ढकालले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा समेत सहभागी गराएर बिभिन्न ठाउँमा गएर प्रतिस्पर्धा गर्न सकुन भन्न पनि यसखालको कार्यक्रम आयोजना गरीएको जनाइएको छ । प्रधानाध्यापक ढकालका अनुसार आगामी ८ गते सम्म बिभिन्न विधाका प्रतियोगीता हुने र ९ गते बिजेताहरुलाई पुरस्कार समेत वितरण गर्ने गरी तयारी गरीएको छ ।
कक्षा , वर्ग र छात्र छात्रा समेतका बेग्ला बेग्लै समुह बनाएर प्रतिस्पर्धा गराइने विद्यालयका खेलकुद संयोजक शिक्षक हिकमत खड्काले जानकारी दिनुभयो । विद्यार्थीबाटै माग भइ आएका खेलहरु खेलाइने र यसबाट उनीहरुभीत्रको खेल प्रतिको रुचीलाई थप प्रोत्साहन गर्न सक्ने विद्यालयको विस्वास रहेको समेत उहाँले जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति