महाधिवेशन

कोशीबाट को विजयी र को पराजित भए?

झापा,३ पुस । नेकपा (एमाले) को ११औं महाधिवेशन अन्तर्गत कोशी प्रदेशको भूगोल क्लस्टरबाट भएको निर्वाचनमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन जना सांसद केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ। केन्द्रीय नेतृत्वका लागि भएको यो प्रतिस्पर्धामा प्रदेशका बहालवाला मन्त्री र संसदीय दलका प्रमुख सचेतकसहित अन्य सांसदहरू भने पराजित हुनु भएको ?छ ।

कोशी प्रदेशको भूगोल क्लस्टरबाट भएको निर्वाचनमा प्रदेश सांसदहरू तिलकुमार मेयाङवो, चिन्तन पाठक र होमबहादुर थापा फराकिलो मतान्तरसहित केन्द्रीय सदस्यमा विजयी हुनु भएको छ । विजयी हुनेहरूमा ताप्लेजुङबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री तिलकुमार मेयाङवोले सर्वाधिक १३२४ मत प्राप्त गर्नु भएको छ। त्यस्तै, अर्का प्रदेश सांसद चिन्तन पाठकले १२५१ मत र सांसद होमबहादुर थापाले ११७९ मत ल्याएर केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित गर्नु भयो । पाठक र थापा केपी ओलीकै गृह जिल्ला झापाको हुनुन्छ।

बहालवाला मन्त्री र मुख्य सचेतक भने महाधिवेशन प्रतिनिधिहरूको रोजाइमा पर्न सकनु भएन । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी ६२९ मत मात्र प्राप्त गरी पराजित हुनु भयो । त्यसैगरी, एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुर लिङथेप पनि पराजित हुनु भएको छ। लिङथेपले जम्मा ४४३ मत प्राप्त गर्नु भएको छ।

केन्द्रीय सदस्यको दौडमा रहेका कोशी प्रदेशका अन्य सांसदहरू बुद्धिकुमार राजभण्डारी र लिलाबल्लभ अधिकारी पनि पराजित हुनु भएको छ्। सोलुखुम्बुका सांसद बुद्धिकुमार राजभण्डारीले ५८१ मत र मोरङका सांसद लिलाबल्लभ अधिकारीले ५४७ मत प्राप्त गर्नु भयो । यस्तै, निरादेवी खनालले ७८७ मत प्राप्त गरे पनि उनी निर्वाचित हुन सकनु भएन । बुद्धिकुमार, लिलाबल्लभ र निरादेवि लिङथेप भने इश्वर पोख्रेल पक्षको हुनुन्छ् । रोचक कुरा त के छ भने उपाध्यक्ष पदमा पराजय भोगेका भीमप्रसाद आचार्य र खनाल श्रीमान श्रीमति हुनुन्छ । आचार्यले २६५ मत पाउनु भएको थियो । श्रीमतीलाई इश्र पोख्रेल पक्षले प्यानलमा राखेपनि आचार्यलाई भने दुबै सहुले राखेको थिएन । उहाँले स्वतन्त्र उम्मेदारी दिनु भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति