झापा, ४ पुष । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका अर्का थुनुवा पक्राउ परेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो ३.१५ बजे बिर्तामोड वडा न.१ पश्चिम स्टेन्डबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड वडा न.१ पञ्चकन्या टोल बस्ने ३० वर्षीय बिशाल गौतमलाई पक्राउ गरेको छ । उनी लागूऔषधसम्बन्धी मुद्धामा पक्राउ परेका थिए । भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा उनी इप्रका बिर्तामोडको हिरासतबाट फरार भएका हुन्।
जेन्जी आन्दोलनमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट ३४ पुरुष र एक महिला गरी ३५ जना थुनुवा फरार भएकोमा हालसम्म एक महिला र १६ पुरुष गरी १७ जना पक्राउ परेका छन् ।१८ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।









