अनुशासन पालनामा दमककाे नयाँ पहल

क्याम्पस ड्रेसमै फिल्म हल र क्याफे जान राेक

विद्यार्थीमा अनुशासन, शैक्षिक मर्यादा र सुरक्षित वातावरण कायम गर्न यस्तो सहकार्य आवश्यक

दमक, ६ पुस | दमक नगरभित्रका कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई अब कलेज पोषाकमै फिल्म हल जान, क्याफे प्रवेश गर्न र धूम्रपानजन्य सामग्री प्रयोग तथा खरिद गर्न रोक लगाइने भएको छ।

 

कलेज अध्ययन गर्ने विद्यार्थी र यो उमेर समुहका युवाहरु लागुऔषधमा फसेको तथ्यांक समेत निरन्तर वृद्धि भईरहेकोले यसखाले निर्णयलाई प्रमुख निगरानीका साथ कार्यान्वयन गर्न सहमति भएको दमक प्रहरीले जनाएको छ ।

यी विषयमा आज दमकमा सम्पन्न प्रहरी र कलेज प्रशासनबीचको अन्तर्क्रिया कार्यक्रममा गम्भीर छलफल भएको हो।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार विद्यार्थीमा अनुशासन, शैक्षिक मर्यादा र सुरक्षित वातावरण कायम गर्न यस्तो सहकार्य आवश्यक भएको हो।

अन्तर्क्रिया कार्यक्रममा दमक नगरभित्र सञ्चालित सामुदायिक तथा निजी कलेजका प्रमुख, शिक्षक र कलेज सञ्चालकहरूको सहभागिता रहेको थियो।

छलफलमा कलेज समय र पोषाकको मर्यादा, विद्यार्थीको आचरण तथा कलेज वरपरको सामाजिक वातावरण सुधार गर्ने विषयमा जोड दिइएको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा