अनुसन्धान जारी

विराटनगरका दुई क्यासिनोमा छापा मार्दा २० जना नेपाली जुवाडे पक्राउ

विराटनगर,७ पुस । कानुनको धज्जी उडाउँदै नेपाली नागरिकलाई क्यासिनोभित्र छिराएर जुवा खेलाउने विराटनगरका दुई क्यासिनोमा मोरङ प्रहरीले ‘मिडनाइट अपरेसन’ चलाएको प्रहरीले जनाएको छ। आइतबार मध्यरातमा गरिएको विशेष छापाका क्रममा दुई क्यासिनोका उच्च पदस्थ कर्मचारीसहित २० जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालको प्रत्यक्ष कमाण्डमा खटिएको टोलीले विराटनगरस्थित ‘बिग होटल’ भित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’ भित्रको गोल्डेन क्यासिनोमा एकैसाथ छापा मारेको थियो।

प्रहरीका अनुसार राति ११ बजे गरिएको उक्त कारबाहीमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम पक्राउ परेको प्रहरीले जनाएको छ्। यस्तै, प्रहरीले रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना गरी २० जना नेपाली जुवाडेलाई नियन्त्रणमा लिएको छ।
नेपालको कानुनले नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको छ। तर, यी क्यासिनोहरूले कानुनलाई चुनौती दिँदै नेपालीलाई निर्बाध रूपमा प्रवेश गराएर लाखौँको जुवा खेलाइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाएको छ।
एसपी कटुवालले घटनाको पुष्टि गर्दै भन्नु भयो, ‘हामीले छापा मार्दा क्यासिनोभित्र नेपालीहरू निर्बाध रूपमा खेलिरहेको फेला पा¥यौँ। कानुनको बर्खिलाप गर्ने क्यासिनो व्यवस्थापन र त्यहाँ खेल्न जाने सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।’

पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। प्रहरीले उनीहरू विरुद्ध आजै जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति