दमक, ७ पुस । झापाको अर्जुनधारामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। आज बिहान ७ बजेतिर अर्जुनधारा नगरपालिका–२ लाप्चेटारका करिब पैसठी वर्षीय यम बहादुर लाय मगर मृत अवस्थामा फेला पर्नुभएको हो। प्रहरीका अनुसार यम बहादुर लाय मगर आफ्नै पुरानो घरतर्फ जान्छु भन्दै घरबाट निस्कनुभएको थियो। तर घर नफर्किएपछि आफन्त तथा स्थानीयले खोजतलास गर्ने क्रममा अर्जुनधारा–२ स्थित शान्ति सामुदायिक वनभित्र पर्ने करिब ६० देखि ७० फिट अग्लो भिरबाट लडेको अवस्थामा उहाँको शव फेला परेको हो। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको छ। मृतकको घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा
काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै








