दमक उद्योग वाणिज्य संघ निर्वाचन : भोट माग्दा होइन, समस्या पर्दा खोजिन्छ नेतृत्व

दमकका उद्योगी–व्यवसायी यस्तो नेतृत्वको अपेक्षामा छन

दमक, ७ पुष । दमक उद्योग वाणिज्य संघ निजी क्षेत्रका उद्योगी र व्यवसायीहरूको साझा संस्था हो। व्यापार, उद्योग र सेवाक्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि स्थापना भएको यो संस्था केवल चुनावका बेला चर्चा हुने मञ्च मात्र हो कि, साँच्चै व्यापारीको संकटमा उभिने आधार स्तम्भ हो? आज दमकका व्यवसायी यही प्रश्न गरिरहेका छन्।

व्यवसायमैत्री वातावरण बनाउने, नीति सुधारका लागि सरकारसँग दबाब सिर्जना गर्ने र व्यापारीको हकहितका पक्षमा निर्भीक उभिने दायित्व बोकेको उद्योग वाणिज्य संघले विगतमा त्यो भूमिका कति निर्वाह ग¥यो? व्यापारी सन्तुष्ट छन् कि मौन पीडामा छन? चुनाव नजिकिँदै जाँदा दमकको बजारमा यतिखेर एउटा साझा आवाज सुनिन थालेको छ , “भोट माग्न आउने होइन, समस्या पर्दा खोजिने नेतृत्व चाहिएको छ।”

पशुपति स्टोरका सञ्चालक राम देव अग्रवाल संघले समग्रमा व्यापारीको पक्षमा काम गरेको बताउनुहुन्छ। उहाँका अनुसार संघ संकटका बेला साथमा उभिएको अनुभूति छ। तर अब आउने नेतृत्वले अझ स्पष्ट रूपमा व्यापारीको हितमा काम गर्न सक्नुपर्ने उहाँको जोड छ।

तर सबै व्यापारीको अनुभव यति सहज छैन। श्रीया होम अप्लायन्सेसकी सञ्चालिका जमुना पौडेलको गुनासो अझ कडा छ।
उहाँ भन्नुहुन्छ, “चुनाव नजिकिँदा उम्मेदवार दिनदिनै भोट माग्न आउँछन्। जितेपछि भने व्यापारमा के समस्या छ भनेर बुझ्न कोही कहिलै आउदैन ।”
बजार व्यवस्थापन कमजोर छ, अनुगमन प्रभावकारी छैन, र नीति व्यापारीमैत्री छैन। उहाँ भन्नू हुन्छ अब आउने उम्मेदवारले व्यक्तिगत फाइदा होइन, व्यापारीको व्यवसाय कसरी उकास्ने भन्ने सोच राख्नुपर्छ

यस्तै आक्रोश सेलिना हार्डवेयर स्टोरकी सञ्चालिका गङ्गा सुब्बा लिम्बुको आवाजमा पनि स्पष्ट देखिन्छ। उहाँ विगतका उम्मेदवारहरूबाट निराश हुनुहुन्छ। समस्या लिएर संघमा जाँदा पनि ठोस काम नभएको गुनासो उहाँको छ। अब आउने नेतृत्वले व्यापारीको समस्या सुन्ने मात्र होइन, समाधान खोज्ने खालको हुनुपर्ने उहाँको अपेक्षा छ।

सिवाकोटी सप्लायर्सका सञ्चालक नारायण सिवाकोटी लामो समयदेखि मतदान गर्दै आउनुभएको छ। उहाँ स्पष्ट शब्दमा भन्नुहुन्छ — “भोट माग्दा भनेका कुरा पूरा गर्नुपर्छ।” उद्योग वाणिज्य संघ कुनै पार्टीको विस्तार होइन, व्यापारीको साझा घर हुनुपर्ने उहाँको धारणा छ। स्वच्छ छवि, निष्पक्षता र व्यवसाय बुझ्ने क्षमता बिना संघको नेतृत्व अर्थहीन हुने उहाँको ठम्याइ छ।

दमक उद्योग वाणिज्य संघको आगामी चुनाव अब केवल पदको प्रतिस्पर्धा होइन। यो व्यापारीको धैर्य, पीडा र अपेक्षा माथिको परीक्षा हो। दमकका व्यवसायीहरू नामभन्दा काम गर्ने, भाषणभन्दा कार्ययोजना ल्याउने, वाचा होइन परिणाम देखाउने नेतृत्व खोजिरहेका छन्। राजनीतिक झन्डा बोकेर होइन, व्यापारीको हित बोकेर अघि बढ्ने उम्मेदवार चाहिन्छ भन्ने सन्देश स्पष्ट छ। बजार व्यवस्थापन सुधार, स्थानीय उत्पादनको प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण र सरकारी निकायसँग नियमित संवाद गर्न सक्ने नेतृत्व बिना संघ अर्थहीन हुने व्यापारीको निष्कर्ष छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति