दमक, ८ पुष । दमकको शीरमा रहेको हंसे दुम्से सामुदायीक वन । चुरेको फेदमा फैलीएको छ । रतुवा नदिको फाटमा फस्टाइरहेको छ । पछिल्लो समय मदन भण्डारी राजमार्गमा समेत जोडीएको छ । ६३३ हेक्टर क्षेत्रफलमा फैलिएको यो वन दमकको पहिचान र समृद्धिको आधार समेत बन्न सक्छ । तर यस वनको उपभोक्ता समिती दुरदृष्टिका नभएका कारण केवल सुकेका रुख काट्ने र बेच्ने बाहेक अन्य केहि काम गर्न सकिएको छैन । यो पनि तीन वर्षमा एक पटक मात्रै रुख कटान तथा बिक्रिको काम गरीरहेको छ । किन यस्तो भयो ? सुन्दा नरमाईलो लाग्न सक्छ तर हंसे दुम्से सामुदायीक वन अहिले राजनैतिक कारणले कुरुप मात्रै भएको छैन वर्तमान कार्यसमिती अवैद्ध भइसकेको छ । यसले न समयमा परिषद भेला गराउन सक्यो । न प्रतिवेदन डिभिजन वन कार्यालयमा पुर्याउन सक्यो । न लेखा परिक्षण नै समयमा गर्योे । राजनैतिक खिचातानीका कारण समितीले गर्नुपर्ने नियमती तथा प्रशाषनीक काम समेत हुन नसकेपछि हंसे दुम्से सामुदायीक वनलाई डिभिजन वन कार्यालय झापाले १० हजार रुपैँया जरिवाना गरिसकेको छ । यो वर्ष पनि समयमा आफ्ना सबै प्रतिवेदन र रिपोर्टहरु बुझाउन नसकेकोमा फेरी १० हजार रुपैँया जरिवाना तिराउने वाला छ । यसले गर्दा डिभिजन वन कार्र्यालयबाट अनुमिती लिएर गरिन पर्ने रुख कटान तथा बिक्रि वितरणको काम प्रभावती भएको छ । तीन वर्षमा एक पटक मात्रै यो वनले रुख कटानको अनुमिती पाएको थियो । सव डिभिजन वन कार्यालय दमकका वन अधिकृत एकराज दाहालका यी कुराले पनि यहाँको उपभोक्ता समिती कतिसम्मको गैरजिम्मेवार बनीरहेको छ भन्ने कुरा स्पष्ट देखाएको छ ।
सामुदायीक वन उपभोक्ता माथी उत्तरदायी हुनुपर्ने हो । वनबाट उपभोक्ताले पाउने सुविधा प्रदान गर्न हरदम प्रयास र तल्लीन हुनुपर्ने हो । सामुदायीक वनलाई पर्या पर्यटनको क्षेत्रमा विकास गराएर उपभोक्तालाई आय आर्जनजमा जोड्नु पर्ने हो । उपभोक्ताले घर निर्माण गर्दा आवश्यक पर्ने काठको मागलाई पकृयागत पुरा गर्नुपर्ने हो । सुकेका रुख कटान गरेर त्यसका हाँगा तथा अन्यको प्रयोग गर्न दिएर दाउराको प्रयोग बढाउनु पर्ने हो । अझ यहाँ त आफ्नै खानेपानी आयोजना छ । त्यसलाई निरन्तर्ता दिदै सुद्ध र खानेपानी वितरणमा ध्यान दिनुपर्ने हो । तर अहिलेको समितीले यी काम गर्नै सकेन । केवल आन्तरीक द्धन्दको दलदलमा फस्यो र इतिहाँस बोकेको सामुदायीक वनलाईनै दल दलमा फसायो । समितीको हेलचेक्राई कारण उपभोक्ताले पाइरहेको सास्ती र तीनका गुनासा सव डिभिजन वन कार्यालयमा पनि पुग्ने गर्छ । र उपभोक्ताले यो वनको समिती विधिवत नचलेका कारण कस्ता समस्या भोग्न बाध्य छन् वन अधिकृत दाहालका यी कुराबाट अझ छर्लङ्ग हुन्छ ।
अतः के यो वनमा उपभोक्तालाई आय र्आजनमा जोड्न सक्ने कुनै आधार छैन त ? यहाँ प्रशशस्त आधार र सम्भाना छन् ।
पहाडको चुली देखी तराईको समथर सम्म फैलिएको यो वनमा साईक्लीङ रुट बनाउन सकिन्छ ।
यहाँ बस्ति देखी माथी सम्मनै यो वन फैैलिएकोले यहाँ हात्ती समेत निरन्तर आउछन् । हात्तीलाई खानेपानी र अन्य खानाको व्यवस्था गरिदिने र हात्तीलाई वन भित्रै राख्न सक्ने गरीको व्यवस्था गरेर त्यहि हात्ती देखाएर पर्यटनको विकास गर्न सकिन्छ ।
रतुवा नदिको तट सम्म फैलीएको यो वन, भव्य र आधुनीक पिकनिक स्पोर्टमात्रै बन्दैन । आन्तरीक पर्यटन विकासका लागी पूर्वि क्षेत्रमै नमुना बन्न सक्छ ।
यहाँका सुकेका रुख मात्रै काटेर बेच्ने हो भने अहिलेनै पनि बनले ५ करोड बढिको आम्दानी गर्न सक्छ र यसबाट दरीलो कोष बनाउन सक्छ ।
यहाँ फलफूलका रुख तथा विरुवा रोपीएका छन् । तीनलाई हुकाई बढाई गर्ने र त्यसको फल बेच्ने हो भने वर्षेनी करोडौ आम्दानी गर्न सकिन्छ ।
समग्रमा दमकको विकास र समृद्धिको रुप रेखा कोर्न यो वननै काफि बन्न सक्छ । दमकको पहिचान र शान यही वनले बढाउन सक्छ ।
तर यती धेरै सम्वना हुँदा हुदैपनि यो वनमा अहिले उपभोक्ता समितीको दुरगामी सोचको अभाव, कार्यदक्षता र क्षमतामा कमजोरपन र सँधै स्वार्थी समुहको घेराबन्दीमा पर्नु अनी राजनैतिक रुपमा रुमलीनुले यस हंसे दुम्से समुदायीक वनमा देखिएका सबै सम्भवना अहिले सम्म तुहिएका छन् । केहि काम हुनै सकेको छैन । भएको छ त केवल वन देखाएर राजनीती र राजनितीक दलका कार्यकर्ताको भर्ती केन्द्र । यसबाट छुटकारा नपाए सम्म यो वनले आफ्नो सम्भाव्यतामा सफलता नपाउने निश्चित छ ।









