रमेश लुईटेल: व्यवसायसगै नेतृत्वतर्फको यात्रामा

दमक, ८ पुस । २०४५ साल असोज २२ गते, साविक बैगुन्धुरा–८ झापामा जन्मिएका रमेश लुइँटेल। बुबा छविलाल लुइँटेल र आमा टेकमाया लुइँटेलको संस्कार, अनुशासन र श्रमको पाठसँगै हुर्कनुभयो । उहाँ आज दमक–८ मा स्थायी बसोबास गर्दै व्यवसायको उचाइ चढिरहनु भएको छ ।
२०६३ साल । दमकमा आइटी र इलेक्ट्रोनिक सामानको बिक्रीबाट उहाँको व्यवसायीक यात्रा सुरु भएको थियो । त्यसबेलाको सुरुवात सानो थियो । तर उहाँको सपना निकै परको थियो । नेसनल कम्प्युटरबाट सुरु भएको यो यात्राले समयसँगै अहिले आकार बदलेको छ । आज आरम्भ कम्प्युटर प्रा.लि. र नेसनल इलेक्ट्रोनिक दुईवटा व्यवसाय दमकमै सञ्चालन गरीरहनु भएको छ । गुणस्तर, विश्वास र निरन्तरताको परिचय उहाँले स्थापीत गराउनु भएको छ ।
दमकको व्यापार सजिलो छैन। अनगिन्ति चुनौतीहरू छन्। उतार–चढाव छन्। तर रमेश लुइँटेलले ती सबै चुनौतीलाई अवसरमा बदल्दै जानुभयो । हरेक दिन नया सम्भावना खोजीरहनु भयो । व्यापारीसँगै उभिरहनु भयो । आशाको किरण छरीरहनुभयो ।
दुई दशकको व्यवसायिक अनुभव केवल नाफाको कथा मात्रै होइन। यो भरोसाको कथा हो। यो सहकार्यको कथा हो। र, यो नेतृत्वको तयारीको पनि कथा हो। पुस १८ गते हुने दमक उद्योग वाणिज्य संघको निर्वाचनमा द्वितीय उपाध्यक्ष पदका उम्मेदवार— रमेश लुइँटेल। बन्नु हुने छ । त्यसैले अब लक्ष्य स्पष्ट छ। नयाँ व्यवसायीलाई प्रेरणा दिने। पुराना व्यवसायीका अनुभव र समस्या सुन्ने। उद्योग र व्यापारलाई सशक्त खम्बा दिने। दमकमै नयाँ व्यापार र उद्यमबारे देखेको सम्भावना सबैलाई बाड्ने ।
दमकको व्यापार, दमककै भविष्य। अनुभव, इमानदारी र निरन्तरताको नाम
रमेश लुइँटेल। दमकसँगै अघि बढ्ने एक भरोसायोग्य नेतृत्व । त्यसैले भन्न सकिन्छ ।
“अव अनुभव बोल्छ। अनी नेतृत्व बनाउँछ।”

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा