कोशी प्रादेशिक चिकित्सकहरूद्धारा सामूहिक कडा चेतावनी

विराटनगर,८ पुस । कोशी प्रदेश सरकार मातहतका अस्पतालहरूमा नेतृत्व (मेसु) चयनलाई लिएर ’प्रादेशिक’ र ‘संघीय’ चिकित्सकबीचको शीतयुद्ध अब खुल्ला विद्रोहमा परिणत भएको छ ।

प्रदेश आफैँसँग १० औं, ९ औं र ८ औं तहका योग्य जनशक्ति हुँदाहुँदै पनि अस्पतालहरूको नेतृत्वमा संघीय सरकारका चिकित्सकहरूलाई ‘हालिमुहाली’ गर्न दिएको भन्दै प्रादेशिक चिकित्सकहरूले सामूहिक राजीनामा र सेवा नै ठप्प पार्ने कडा चेतावनी दिएको जनाएका छन्।

 

कोशी प्रदेश प्रादेशिक चिकित्सक समूहले आइतबार स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरे मार्फत प्रदेश सरकारलाई अन्तिम अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ । माग पूरा नभए जुनसुकै बेला सामूहिक रूपमा सेवा बहिष्कार गर्ने उनीहरूको तयारी रहेको छ । उनीहरुले प्रदेशका ज्येष्ठ र योग्य चिकित्सकलाई तत्काल अस्पतालको प्रमुख (मेसु) को जिम्मेवारी दिनुपर्ने, काजमा खटाइएका संघीय चिकित्सकलाई तत्काल संघीय अस्पताल वा निकायमै फिर्ता पठाउनुपर्ने र प्रदेश स्वास्थ्य ऐनमा अध्ययन विदा, बढुवा र सरुवाका विषयमा संघीय मूल्य र मान्यता अनुसार न्यायोचित व्यवस्था गरिनुपर्ने रहेको जनाएको छ ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ जिल्ला अस्पतालहरूको तथ्याङ्क हेर्ने हो भने प्रदेश सरकार आफ्नै कर्मचारीप्रति कति अनुदार छ भन्ने प्रष्ट हुन्छ । १५ मध्ये ९ वटा अस्पतालमा संघका चिकित्सकले मेसुको कुर्सी ओगटेका छन् भने प्रदेशका चिकित्सकले जम्मा ६ वटा अस्पतालमा मात्र नेतृत्व पाएको बताएका छन् ।

हाल प्रदेशमा १० औं तहका २ जना र ९ औं तहका १० जना विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । तर, ९ औं तहका डा. अमरेश कुसुहा, डा. सुभाष अधिकारी, डा. एलिजा गौतम, डा. आस्था सुब्बा, डा. विद्या भुषाल र डा. आकाश कोइराला जस्ता अनुभवी चिकित्सकलाई पाखा लगाएर संघबाट काजमा आएका कनिष्ठ वा समान तहका व्यक्तिलाई मेसु बनाइएको समूहको आरोप रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाल र स्विट्जरल्यान्डका संसदीय अध्यक्षबीच भेटवार्ता

काठमाडौं,१६ कार्तीक । सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजबीच भेटवार्ता भएको छ ।सोमबार सिंहदरबारमा भएको

झापामा भारतीय र प्लास्टिकका फूलमा रोक : स्थानीय उत्पादनलाई प्राथमिकता, अटेर गरे कारबाही

झापा,१६ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले भारतबाट हुने अवैध फूलको आयात र प्लास्टिकका कृत्रिम फूल बिक्री–वितरणमा पूर्ण रोक

न्यायालय, सुरक्षा संयन्त्र र सत्ताको उच्च तह हल्लाउने बिचौलिया इनम सापकोटा प्रकरण : को हुन् इनम ? कसरी बन्यो सेटिङको सञ्जाल ?

काठमाडौँ,१६ कार्तीक । दमकको वडा नं २ र ५ को सिमानामा रहेको मदनडाँगी सडक । अली धेरै चाहि दमकको भाईरल रोड भनेपछि तपाईले थाह पाउनु

न्यायाधीशहरू माथि लागेको घुस आरोपमा सर्वोच्चको ‘फूलकोर्ट’ निर्णयः निष्पक्ष छानबिन गर्न माग, ५ मुख्य बुँदा सार्वजनिक

काठमाडौँ,१६ कार्तीक । प्रधानन्यायाधीश तथा न्यायाधीशहरू जोडिएको घुसकाण्डबारे सञ्चारमाध्यममा आएका समाचारप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण जनाएको छ। सोमबार बसेको सर्वोच्चको पूर्ण (फूलकोर्ट) बैठकले संविधानको सर्वोच्चता

दमकमा भन्सार छलीका फूल र प्लास्टिकका फूल बिक्री गरे जफत गरिने, सिटी रिक्साको पार्किङ र भाडामा पनि कडाइ

दमक, १६ कात्तिक । झापाको दमक नगरपालिकाले भन्सार छली गरी भित्र्याइएका फूल तथा प्लास्टिकजन्य फूल बिक्री–वितरण गरेको पाइएमा जफत गरी नष्ट गर्ने निर्णय गरेको छ।

डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौँ,१६ कार्तीक । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै इलाममा आमरण अनशनमा बस्नु भएको वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

प्रेस स्वतन्त्रतामाथि प्रहार भएको भन्दै कांग्रेसद्वारा संसदीय छानबिनको माग

काठमाडौं,१६ कार्तीक । नेपाली कांग्रेसले पत्रकार माथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको