हल्लुँडेको गितार बनाउने वीरध्वजको जागरण यात्रा

अनुशीलन ५६

दमक, ८ पुस / आफुभित्रको सृजनशीलतालाई कस्ले कसरी विस्तार गरेर लान सक्छ भन्ने कुरामा भर पर्छ । सानैदेखि यसो गुनगुनाउन मन पराउने वीरध्वज शिवालाई पहिलो पटक गितार अचम्मसँग बजेको देखेपछि गीत संगीतको यस्तो भुत चढ्यो कि, त्यसले उहाँलाई जनवादी गीत संगीतको एउटा उचाईमा पुर्‍याइछाड्यो ।

 

हल्लँुडे जातको काठ खोपेर गितार बनाएर भएपनि त्यसबेलाको संगीतप्रतिको भोक मेट्ने काम गर्नुभयो । पाँचथरको हिलिहाङमा वि.सं. २०१९ साल असोज १२ गते सामान्य परिवारमा जन्मिनु भएका शिवा पछि जनगायक जेवी टुहुरोको समूहमा आवद्ध भएर गाउँ वस्तीमा जनता व्यूँझाउने जनवादी गीत संगीतको यात्रामा लगातार अघि बढ्नु भयो । दक्षिणी इलामको चुलाचुली बसाईं सरेपछि जेवी टुहुरेहरुसँगको भेटले आकर्षित भएको अवस्थामा २०३७ /०३८ सालतिर प्रस्तुत भएको ‘संकल्प गीति कार्यक्रम’ले उहाँहरुसँग जोड्यो ।

 

आफ्‌नै शब्द र संगीतमा जाग उठ हे वीर तन्नेरी हो, २३ वर्षे यो पञ्चे डोरी, चुडाइदिन्छन् जनताले नछोडी, वसन्त आयो फूलहरू फुले, पारीपाखा पँधेरो, सुखानीको रगतले भन्छ हामीलाई जस्ता पञ्चायती व्यवस्था विरुद्धका गीतहरु गाएर उहाँले गाउँवस्ती व्यूँझाउने काम गर्नुभयो । भारतको दिल्ली, हरिद्वार तथा नेपालका धेरैजसो जिल्लाहरुमा उहाँको गायनयात्रा सामेल छ । गीतसंगीतकै यात्रामा रेश्मा श्रेष्ठसँग अन्तरजातीय विवाह गरी सामाजिक विभेद विरुद्ध समेत संघर्ष गर्नुभयो ।

 

उहाँले ०५२ सालमा ‘मै परें जालैमा’ एल्बम बजारमा ल्याउनु भएको छ भनें ३० वटाको हाराहारीमा उहाँका गीत रेकर्ड भएका छन् । मोरङको पथरी शनिश्चरे १ निवासी उहाँ हाल पथरी शनिश्चरे नगरपालिकाको कार्यपालिका सदस्यका रुपमा मनोनित बनेर सृजना क्षेत्रको पाटोबाट नगरको जागरणमा आफ्‌नो सहभागिता जनाइरहनु भएको छ ।
राष्ट्रिय जनसाँस्कृतिक मञ्चमा लामो समयदेखि सक्रिय रहँदै कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, पथरी शनिश्चरे नगरपालिका, एभरेष्ट आर्ट फ्यूजन पथरी शनिश्चरेलगायतका दर्जनौं संघ संस्थाबाट सम्मानित बनेर नयाँ पुस्ताका लागि सृजनाको जागरणको सन्देश प्रवाह गरिरहनु भएको छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा गरिएको संवादको भिडिओ प्रस्तुत छ :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा