असंवैधानिक सरकार विरुद्ध खवरदारी कार्यक्रम गर्ने नेकपा एमाले झापाको घोषणा

बिर्तामोड,८ पुस । नेकपा एमाले झापाले असंवैधानिक सरकार विरुद्ध खवरदारी कार्यक्रम घोषणा गरेको छ । आज बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै खवरदारी कार्यक्रम घोषणा गरेको हो । एमाले झापाका अध्यक्ष प्रेम गिरीले सरकारको असंवैधानिक हर्कतका विरुद्ध जवाफ दिन खवरदारी कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए । उनले लोकतान्त्रिक शक्तिहरुलाई खवरदारी कार्यक्रममा सरिक हुन आव्हान समेत गरेका छन् । पुस १० गते बिर्तामोड र दमकमा खवरदारी कार्यक्रम गर्ने तयारी भएको गिरीको भनाई छ ।

वर्तमान सरकारले अध्याँरो कोठामा बसेर गरेको षड्यन्त्रको नेकपा एमालेले भण्डाफोर गरी जनतालाई सचेत गराउने उदेश्यले खबरदारी कार्यक्रम गर्न लागेको अध्यक्ष गिरीको भनाई छ । प्रतिगामी तत्वहरुको षड्यन्त्र उपर मुकदर्शक भएर बस्न नसक्ने भन्दै अध्यक्ष गिरीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेता बिरुद्ध अनेक किसिमका बहानावाजी, षड्यन्त्र र आक्रमणको प्रयास भइरहेको जानकारी दिए । उनले लोकतान्त्रिक शक्तिहरु अब सरकारका सबै खाले षडयन्त्र विरुद्ध सडकमा आउने धारणा राखेका थिए । पालिका वडा र टोलसम्म सुरक्षा समिति परिचालन गर्ने, कसैमाथि आक्रमण नगर्ने तर, वर्तमान प्रतिगामी सत्ता र विदेशी दलालहरुबाट हुन सक्ने हुल हुज्जतलाई जवाफ दिन गाउँ–गाउँ र बस्ती–बस्तीमा प्रतिरक्षा गर्न समेत अपिल गरेको छ । पार्टीले विविध प्रदर्शनका थप कार्यक्रमहरु क्रमागत रुपमा आयोजना गर्दै जाने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । जारी विज्ञप्तिमा भनिएको छ, गत भदौं २४ गतेको देशव्यापी विध्वंस आकस्मिक नभई देशी तथा विदेशी शक्तिहरुको लामो योजना र षड्यन्त्रको परिणाम हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा