अनुसन्धान जारी

झापामा दिउँसै लाखौंको धनमाल चोरी

झापा, १४ पुष । बिर्तामोड नगरपालिका– ३ कञ्चनजंघा टोलमा दिउँसै लाखौंको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

हिजो बिर्तामोड ३ कञ्चनजंघा टोल बस्ने सृजना सिवाकोटीको घरमा कोही नभएको मौका पारी घरको छतको ढोकाबाट पसी कोठाभित्र काठको दराजमा राखेको सुनको गरगहना ८तोला र सामसुम मोबाईल एक थानगरी २२ लाख बराबरको धनमाल चोरी गरेको छ। चोरी गर्ने व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले बताएको छ ।

त्यस्तै हिजो बिहान दमकमा मोबाइल चोरी गरी भाग्दै गर्दा एकजना युवक पक्राउ परेका छन् । बिहान ७ः२० बजे दमक ८ बालुवाटार स्थित शिवनारायण साहको तरुल खेतीमा काम गर्ने मोरङ सुन्दरहरैँचा ११ बस्ने बर्ष ४६ का सञ्जु चौधरीको भिभो कम्पनीको मोवाइल र सोही ठाउँ बस्ने बर्ष ५० का दशरथ चौधरीको सामसुङ कम्पनीको मोबाइल चोरी गरी भाग्दै गर्दा सप्तरी राजविराज ९ बस्ने बर्ष १८ का खुवेत खान पक्राउ परेको प्रहरीले जनाएको छ ।

चोरी गरी भाग्ने क्रममा सोही स्थानमा काम गर्ने कामदारहरुले उनलाई मोवाइलसहित फेला पारी प्रहरीलाई बुझाएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा