दमक,१४ पुस । दमक स्थित दमक अस्पतालको सेवा प्रभावकारी वन्दै गएको सरकारी प्रतिवेदनले देखाएको छ । नेपाल सरकारले चालु वर्षको प्रथम चरणको न्यूनतम सेवा मापदण्ड अनुसार अस्पतालमा हालै गरेको लेखाजोखा कार्यक्रममा दमक अस्पतालको सेवा दिनानुदिन बृद्धि हुदै गएको देखाएको छ।
स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेत नेतृत्वको प्राविधिक टोलीले यस अस्पतालको स्थलगत अनुगमन तथा मूल्यांकन गरेको थियो । सोहि टोलीले दमक अस्पताललाई सेवा तथा अय मापदण्डका आधारमा ८६ प्रतिशत अंक प्राप्त (ग्रिन कोड) दिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण साहले बताउनु भयो ।
दमक नगर प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अस्पतालका चिकित्सक तथा कर्मचारीहरुको उपस्थति रहेको थियो । त्यसक्रममा नगर प्रमुख थापाले यस अस्पतालले छोटो समयमा नै गुणस्तरिय स्वास्थ्य सेवा उपलव्ध गराउदै आएकाले अहिले यो सफलता प्राप्त गर्न सकेको उल्लेख गर्नु भयो । अस्पतालमा सेवारत चिकित्सक तथा कर्मचारीहरुलाई धन्यवाद दिदै उहाँले आगामी दिनमा यस अस्पताल पूर्वकै अझ भरपर्दो, गुणस्तरिय स्वास्थ्य सेवा उपलव्ध गराउन चुनौती आएको स्पष्ट पार्नु भयो । दमक अस्पतालले पाएको यो सफलता समग्र दमक नगरवासीको लागि यो अत्यन्त गौरवको विषय भएको नगर प्रमुख थापाको भनाई थियो ।









