अनुसन्धान जारी

एम्बुलेन्समा ५ क्विन्टल गाँजा सहित २ जना पक्राउ

प्रहरीले बरामद गाँजा, एम्बुलेन्स र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।

मोरङ,१४ पुस । बिरामी बोक्ने एम्बुलेन्सलाई लागुऔषध तस्करीको हतियार बनाउने गिरोहलाई मोरङ प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ । आइतबार राति मोरङको केराबारी गाउँपालिका–५, लाफा टोलमा प्रहरीले हवाई फायर गरी ५ सय २१ किलो (५ क्विन्टल बढी) गाँजा बरामद गरेको छ।

धनकुटाबाट मोरङतर्फ एम्बुलेन्समा गाँजा भित्रिँदैछ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तस्करीमा संलग्नहरूलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी र केराबारीका असई फजिन्द्र तोलाङ्गीको नेतृत्वमा खटिएको संयुक्त टोलीले प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई रोक्न खोजेको थियो । तर, प्रहरीलाई देख्नासाथ तस्करहरू एम्बुलेन्स छाडेर जङ्गलतर्फ फरार हुन खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो । भाग्न खोज्नेहरूलाई नियन्त्रणमा लिन असई तोलाङ्गीले चिनियाँ पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

प्रहरीको कडा घेराबन्दी र गोली चलेपछि तस्करहरू आत्मसमर्पण गर्न बाध्य भएका छन्। पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटा सहिदभूमि–६ का ३५ वर्षीय निश्चल राई र साँगुरीगढी–२ का २० वर्षीय खगेन्द्र लिम्बू छन् ।
बरामद गरिएको गाँजा तौल गर्दा ५ सय २१ किलो फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिनु भयो । उहाँका अनुसार एम्बुलेन्सभित्र १६ वटा ठूला पोकामा गाँजा कोचेर राखिएको थियो । छानबिनका क्रममा उक्त एम्बुलेन्स धनकुटाको सहिदभूमि गाउँपालिका–१, खाल्सा–छिन्ताङस्थित सूर्यबहादुर थापा प्रतिष्ठान को नाममा दर्ता रहेको खुलेको छ । मानवीय सेवाका लागि प्रयोग हुनुपर्ने एम्बुलेन्सको यसरी चरम दुरुपयोग हुनुले सुरक्षा निकायलाई समेत गम्भीर प्रश्न उठेको छ ।
प्रहरीले बरामद गाँजा, एम्बुलेन्स र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । यस तस्करीको जालो कहाँसम्म फैलिएको छ भन्नेबारे इन्स्पेक्टर राजीव गिरीको टोलीले सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा