शत्रु नाटक

‘शत्रु’लाई नाटकीय न्याय दिए रिलायन्सका विद्यार्थीले

उक्त नाटकलाई रेकर्ड गरी राष्ट्रिय नाट्य कार्यक्रममा समेत देखाईने विद्यालयले जनाएको छ

दमक, १४ पुस । कक्षा १० को नेपाली किताबमा समावेश विश्वेश्वरप्रसाद कोइरालाको ‘शत्रु’ कथालाई मधुमल्लामा रहेको रिलायन्स सेकेन्डरी बार्डिङ स्कुलका विद्यार्थीले नाटक मार्फत जिवन्त पारेका छन् । गत पुस १० गतेबाट दमकमा रहेका कदम थ्रेटरमा प्रद्धशन गरिएको उक्त नाटकको पुस १४ गते औपचारिक रुपमा समापन गरिएको छ ।

उक्त कार्यत्रममा मिक्लाजुङ गाउँपालिकाको प्रमुख को प्रमुख आतिथ्यता रहेको थियो भने पालिकाका शिक्षा अधिकृत,जनप्रतिनिधीहरु सहित विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको र विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त नाटकलाई रेकर्ड गरी राष्ट्रिय नाट्य कार्यक्रममा समेत देखाईने विद्यालयले जनाएको छ ।

नाटक हेरीसकेपछि मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राई विद्यार्थीहरुले देखाएको नाटक आफूले परिकल्पना गरेको भन्दा पनि एकदमै राम्रो रहेको बताउँदै आफ्नै घर मिक्लाजुङमा पनि यति राम्रो राम्रो नाटक गर्नसक्ने विद्यार्थी रहेको आफूलाई थाहा भएको प्रतिक्रया दिनुहुन्छ ।
किताबको कथामा सिमित रहेको कथालाई जिवन्त बनाएर देखाउने सबै विद्यार्थी कलाकारहरु एकदमै प्रतिभाशाली रहेको बताउदैँ नाटकमा अभिनय गर्ने कलाकारहरुलाई कुनै दिन ठुलो पर्दामा देख्न पाउने आशा व्यक्त गर्नुहुन्छ मिक्लाजुङ गाउँपालिका शिक्षा शाखा अधिकृत काशीनाथ खनाल ।

विद्यालयमा हुने हरेक विभाग र कक्षालाई प्रयोगात्मक कार्य गराउदा नाट्य विभाग भने पछाडी नपरोस् भनी नाटक सिक्ने विद्यार्थीलाई प्रोत्साहन गर्न नै यो नाट्य शोको आयोजना गरेको बताउनुहुन्छ रिलायन्स सेकेन्डरी बार्डिङ स्कुलका प्रिन्सीपल वाङ्ग्य तामाङ शेर्पा ।
उक्त नाटक शो बाट उठेको रकम दमकमा रहेको बालवृद्धा आश्रममा सहयोग गरिने विद्यालयले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ