आज तमु ल्होसार हर्षोल्लासका साथ मनाउँदै

काठमाडौँ,१५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै मङगलबार देशभर ‘तमु ल्होसार’ पर्व धुमधामका साथ मनाइरहेका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हुने भएकाले वर्ष फेरिने दिनलाई गुरुङ समुदायले ‘तमु ल्होसार’ का रूपमा मनाउने गर्दछन् ।

तमु ल्होसार पर्व विशेषगरी सूर्यको किरणसँग सम्बन्धित रहेको छ । गुरुङ समुदायको बाहुल्यता रहेका जिल्लाहरू लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वत लगायतका क्षेत्रमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मै यो पर्व मनाउने ऐतिहासिक र प्राकृतिक परम्परा रहदै आएको छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछि क्रमश ः दिन लम्बिँदै जाने भएकाले पनि यो समयको विशेष महत्त्व रहेको जानकारहरू बताउँछन् ।

यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । आज विराटनगरको हाटखोलामा गुरुङ समुदायले विशेष कार्यक्रम र ल्होसार पर्व मनाउने तयारी गरिरहेको छ । आइतबारदेखि नै सुरु भएको उक्त महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता रहेको छ ।

महोत्सवमा गुरुङ समुदायका मानिसहरू आफ्नो मौलिक एवं सांस्कृतिक वेषभूषामा सजिएर सहभागी भएका छन् । कार्यक्रममा गुरुङ संस्कृति झल्काउने विभिन्न झाँकी, नाचगानका साथै परम्परागत परिकारहरूको प्रदर्शनी समेत गरिएको छ । सूर्यको किरण र प्राकृतिक चक्रसँग जोडिएको यो पर्वले गुरुङ समुदायको पहिचान र परम्परालाई थप प्रवद्र्धन गर्ने विश्वास लिइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा