आगामी निर्वाचनका लागि झापाबाट राप्रपामा को को भए समानुपातिक उम्मेद्वार ?

झापा , १५ पुष । आगामी निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेद्वारको बन्दसूचीमा झापाका ६ जना पर्नु भएको छ।

राप्रपाले आयोगमा ११० जनाको नाम बुझाएको हो। त्यसमा झापाबाट धर्मराज माझी , खुश्बु ओली , भरिपूर्ण राई , संगीता रौनियार , रुपदल विश्वकर्मा र सूर्यनारायण गणेश पर्नु भएको छ । माझी तीन दिनअघि बिर्तामोडमा आयोजित राप्रपाको जागरण सभामा पार्टी प्रवेश गर्नु भएको थियो । उहाँलाई समानुपातिक उम्मेद्वार बनाउने भनेर पार्टी प्रवेश गराएको बुझिएको छ । पार्टीको जिल्ला समितिले धर्मराज माझीलाई पिछडिएको वर्ग र सूर्यनारायण गणेशलाई आदिवासी जनजाति क्लस्टरबाट सिफारिस गरेको थियो । तर केन्द्रीय समितिले माझीलाई आदिवासी जनजाति र गणेशलाई मधेसी क्लस्टरको भन्दै समानुपातिकको बन्दसूचीमा नाम बुझाएको छ । सरकारले माझी जातिलाई पिछडिएको वर्ग र गणेश(गन्गाई) लाई आदिवासी जनजातिमा राखेको हो ।

जिल्ला समितिले झापाबाट यसरी क्लस्टर छुट्याएर सिफारिस गरेको थियो – क्षेत्र नं १ बाट समानुपातिकतर्फ दिपेश राई (आदिबासी जनजाति), सुमित्रा ओझा अधिकारी (महिला), बाबुराम पराजुली (खस आर्य),लक्ष्मण खत्री (खस आर्य),मा हुनुन्छ।
त्यस्तै क्षेत्र नं २ बाट रुपदल बिश्वकर्मा (दलित), धर्मराज माझी (पिछडिएको वर्ग),कुमार भट्टराई (खसआर्य), हर्कराज थुङ्ङ्गिम (जनजाति), आमिर खान पठान (मुस्लिम),धर्मराज राजवंशी (आदिबासी) , बिष्णुप्रसाद गिरी (दशनामी) ,करिना बेगम (मुस्लिम महिला) ,देवराज परियार (उत्पीडित),गोपाल गुरुङ (जनजाति) ,प्रल्हाद खड्का (खसआर्य) ,लवकुश गिरी (खसआर्य) हुनुन्छ।

क्षेत्र नं ३ बाट सिता लम्साल (महिला), भारतेन्दु मल्लिक (पिछडिएको वर्ग), रामकुमार सिंह राजवंशी (आदिबासी),सूर्यनारायण गणेश (आदिबासी), ऋषि नेपाल (खसआर्य), सन्तोषी बिश्वकर्मा (दलित) र नन्दराम गजमेर (दलित) हुनुन्छ ।

क्षेत्र नं ४ बाट खुश्बु ओली (महिला),खेमराज कार्की (खसआर्य), चित्रा श्रेष्ठ (आदिबासी जनजाति), तारामाया राई (आदिबासी जनजाति) तथा क्षेत्र नं ५ बाट डा.सूर्यनारायण साह (मधेसी), भरिपूर्ण राई (आदिबासी जनजाति),शुष्मा निरौला के.सी. (महिला) र विजयप्रसाद बराल (खसआर्य) मा हुनुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चार महिनासम्म राहदानी नआएपछि सेवाग्राहीको गुनासो, प्रजिअ पोखरेलले बनाए छानबिन कार्यदल

दमक, १७ कात्तिक  । ‘चार महिना भइसक्यो, मेरो पासपोर्ट अझै आएन। कहिले आउँछ होला ?’ सामाजिक सञ्जालमा जय रज्जले गरेको यो प्रश्न राहदानी कुरिरहेका धेरै

नेपाल र स्विट्जरल्यान्डका संसदीय अध्यक्षबीच भेटवार्ता

काठमाडौं,१६ कार्तीक । सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजबीच भेटवार्ता भएको छ ।सोमबार सिंहदरबारमा भएको

झापामा भारतीय र प्लास्टिकका फूलमा रोक : स्थानीय उत्पादनलाई प्राथमिकता, अटेर गरे कारबाही

झापा,१६ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले भारतबाट हुने अवैध फूलको आयात र प्लास्टिकका कृत्रिम फूल बिक्री–वितरणमा पूर्ण रोक

न्यायालय, सुरक्षा संयन्त्र र सत्ताको उच्च तह हल्लाउने बिचौलिया इनम सापकोटा प्रकरण : को हुन् इनम ? कसरी बन्यो सेटिङको सञ्जाल ?

काठमाडौँ,१६ कार्तीक । दमकको वडा नं २ र ५ को सिमानामा रहेको मदनडाँगी सडक । अली धेरै चाहि दमकको भाईरल रोड भनेपछि तपाईले थाह पाउनु

न्यायाधीशहरू माथि लागेको घुस आरोपमा सर्वोच्चको ‘फूलकोर्ट’ निर्णयः निष्पक्ष छानबिन गर्न माग, ५ मुख्य बुँदा सार्वजनिक

काठमाडौँ,१६ कार्तीक । प्रधानन्यायाधीश तथा न्यायाधीशहरू जोडिएको घुसकाण्डबारे सञ्चारमाध्यममा आएका समाचारप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण जनाएको छ। सोमबार बसेको सर्वोच्चको पूर्ण (फूलकोर्ट) बैठकले संविधानको सर्वोच्चता

दमकमा भन्सार छलीका फूल र प्लास्टिकका फूल बिक्री गरे जफत गरिने, सिटी रिक्साको पार्किङ र भाडामा पनि कडाइ

दमक, १६ कात्तिक । झापाको दमक नगरपालिकाले भन्सार छली गरी भित्र्याइएका फूल तथा प्लास्टिकजन्य फूल बिक्री–वितरण गरेको पाइएमा जफत गरी नष्ट गर्ने निर्णय गरेको छ।

डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौँ,१६ कार्तीक । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै इलाममा आमरण अनशनमा बस्नु भएको वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर