अत्यधिक चिसोका कारण धरान, इटहरी र इनरुवामा विद्यालय बन्द

इटहरी,१६ पुस । केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो तथा शीतलहरका कारण सुनसरीका स्थानीय तहले विद्यालय बन्द गरेको छ । धरान र इटहरी उपमहानगरपालिका तथ इनरुवा नगरपालिका क्षेत्रमा बुधबारदेखि तीन दिनको लागि विद्यालय बन्द गरिएको छ।
धरान उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको धरान उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले बताएको छ । सूचनाअनुसार पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा पठनपाठन, परीक्षा तथा अन्य सबै शैक्षिक गतिविधि स्थगित गरिएको छ ।

नगर प्रमुखस्तरीय निर्णयअनुसार उक्त बिदा पछि कट्टा हुने बताइएको छ । अत्यधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा जोखिम बढेकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखाले बताएको छ ।
यस्तै, इटहरी उपमहानगरपालिकाले पनि शीतलहर बढेसँगै उपमहानगरपालिका भित्रका सम्पूर्ण सार्वजनिक तथा संस्थागत विद्यालयलाई पुस १६ देखि १८ गतेसम्म तीन दिन बिदा दिएको छ । शिक्षा शाखा प्रमुख रमेशकुमार शाहले जारी गरेको सूचनामा सो अवधिमा कुनै पनि शैक्षिक गतिविधि सञ्चालन नगर्न आग्रह गरिएको जनाएको छ ।

उता इनरुवा नगरपालिकाले पनि शीतलहरका कारण पुस १६ देखि १८ गतेसम्म विद्यालय बन्द गर्न आग्रह गरेको छ । नगरपालिकाले बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै उनीहरूलाई घरमै न्यानो वातावरणमा राख्न अभिभावकलाई आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा