स्थानीय चुनावमा तालमेल गरेर अत्यधिक सफलता हासिल गर्छौं : माधव नेपाल

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीसँग तालमेल गरेर स्थानीय तह निर्वाचनमा ठूलो सफलता हासिल गर्ने बताएका छन् ।

सोमबार रामेछापबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा तालमेल गरेर अत्याधिक सफलता हासिल गर्ने दाबी गरेका हुन् ।

 

“आगामी चुनावलाई केन्द्रविन्दुमा राखेर प्रत्येक पालिका कमिटी बनाएर कमिटी विस्तार गरी कमिटी बनाउँदै जानेछौँ । जो–जोसँग हाम्रो तालमेल मिल्छ । उनीहरूसँग तालमेल गरेर अत्यधिक सफलता हासिल गर्छौं,” अध्यक्ष नेपालले भने ।

स्थानीय तह निर्वाचन केन्द्रित भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा आफूहरू लागेको उनले बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार

झापा, मंसिर २७ । झापाको कमल गाउँपालिका वडा न।५पाडाजुँगीमा रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार भएका छन् । उपचारका लागि ल्याएका उनीहरु

सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते

दमक,२७ मंसिर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष

मोरङमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

दमक,२७ मंसिर ।  मोरङमा जंगली हात्तीको आक्रमणबाट दूध बिक्री गर्न हिँडेका पुरुषको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१२ काफ्ले टोलका ६० वर्षीय भवकृष्ण घिमिरेको मृत्यु