शान्ति किर्तन मण्डलीको प्रभाव

भजन किर्तनमार्फत नेपालमै नमूना काम

पथरी, १६ पुस / मानिसको जिन्दगी मरेरै जान्छ । तर उसले जीवनकालमा राम्रा काम गर्न सकेमा उ सदा बाँचिरहन्छ । यही कुरालाई दृष्टिगत गरी मोरङको पथरी शनिश्चरे १ मा रहेको श्री शान्ति किर्तन मण्डलीले समुदायका लागि आद्यात्मिकता र नैतिकताको सन्देश दिने काममा सक्रियता जनाइरहेको छ ।

 

स्थानीयकोे एकता र सक्रियताबाट भजन किर्तनमार्फत नेपालमै नमूना काम गर्दै आएको यस संस्थाले चौतर्फी प्रशंसा पाएको छ । संस्थाले वर्षेनी पर्यटकीय क्षेत्र अवलोकन तथा तीर्थाटन कार्यक्रम राखेर पनि संस्थाको गतिविधिका बारेमा समीक्षा गर्दै आएको छ । पछिल्लो पटक झापाको शिवसताक्षीस्थित दोमुखामा संस्थाका गतिविधिको जानकारी तथा संस्थाको समीक्षासहितको वनभोज कार्यक्रम राखिएको छ । जसका सहभागिहरुले संस्थाको अभियानको खुलेर प्रशंसा गर्दै थप प्रगतिको कामना गरेका छन् । दमक ४ का भरत खड्काले संस्थाको पारदर्शी कार्यले भवन निर्माणसहितका नेपालकै नमुना काम गर्न सफल भएको सन्दर्भ जोड्नु भयो । ‘यस्तो विषम परिस्थितिमा पनि भजन किर्तन गरेर यस्तो भवन बनाउनु र अभियान सञ्चालन गर्नु चानचुने कुरा होइन ।’– उहाँले प्रशंसा व्यक्त गर्नुभयो ।

 

संस्थाले ज्येष्ठ नागरिक सहित अरुलाई गर्ने व्यवहारले आफूलाई आकर्षित गरेको उर्लाबारीका उमेश बस्नेतले चर्चा गर्नुभयो ।
भजन किर्तन मण्डलीमा धेरै सदस्य भएको संस्थाको समेत परिचय बनाएको संस्थाले सबै राम्रा काम गरेको पथरी शनिश्चरे १ का खड्ग घिमिरेको पनि भनाई छ ।

सबैको सहकार्यमा एकतावद्ध भएर संस्थाले काम गर्न सकेको अध्यक्ष पोषराज काफ्‌लेले उल्लेख गर्नुभयो । संस्कार, संस्कृतिको संरक्षण गर्दै नैतिक व्यवहार अंगाल्नुपर्नेमा संस्थाले जोड दिदै आएकाले पनि संस्था सबैको प्रिय बन्न सकेको उहाँले प्रष्ट्याउनु भयो ।
कार्यक्रम संस्थाका कोषाध्यक्ष तोयानाथ ढकालले विगत २ वटा महायज्ञको आयव्यय समेत प्रस्तुत गर्दै संस्थाले गर्ने आर्थिक गतिविधिको पारदर्शिताका बारेमा उल्लेख गर्नुभयो ।

 

नाचगानको साझा रमाइलो त छँदै थियो । ज्येष्ठ नागरिकहरुको समेत उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा हण्डीफोर, म्यूजिकल चियर्स, कोक पिउने प्रतियोगिताले कार्यक्रम थप रमाइलो बनेको थियो । मौलिक सेलरोटीसहितका सात्विक भोजनले त्यहाँ सार्थक एवम् स्वास्थ्यवद्र्धक जीवन बाँच्ने थप सन्देश दिइरहेको थियो ।

 

शान्ति सद्भावसहितको आध्यात्मिक गतिविधिमा सक्रिय सो मण्डली २०६० सालमा स्थापना भएको हो । किर्तन गरेको रकम, किर्तन मण्डलीका सदस्यहरुबाट संकलित सहयोग र सदस्य बाहिरबाटको केही सहयोगबाट ०७१ सालमा साढे १८ लाखमा साढे ९ धुर जग्गा किनेर १ करोड हाराहारीको ३ तले भवन निर्माण भएको छ । जुन देशकै नमुना कार्यमा गनिदै आएको छ । संस्थामा मोरङ, झापा र काठमाडौंमा गरी हालसम्म १ हजार २ सय सदस्य रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

स्वास्थ्य मन्त्री मेहता जेनेभाबाट स्वदेश फिर्ता

काठमाडौं,१३ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ७९औँ विश्व स्वास्थ्य सभामा सहभागिता भई आज स्वदेश फर्किनु भएको छ । मन्त्री मेहता स्विट्जरल्यान्डको

हिमालमा थुप्रिएको फोहोर र शवप्रति सांसदहरूको चिन्ता

काठमाडौं,१२ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । मंगलबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा

दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा

रौतहट,१२ जेठ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ मंगलबार पर्सा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त हुनु भएको

झापामा हावाहुरी : कहाँ कहाँ कस्तो असर र क्षती? पुर्व विवरण सहित

दमक, १२ जेष्ठ | गएराति वर्षासँगै आएको तीव्र हावाहुरीका कारण झापाका गौरादह, हल्दिबारी, दमक, बिर्तामोड तथा मेचीनगर क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । विभिन्न

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि