महिला सशक्तिकरणमा जोड

समान काम तर असमान ज्यालाका विरुद्ध एक हौ : उप प्रमुख अधिकारी

दमक/
‘कुनै ज्यामी काम गर्ने स्थानमा महिला र पुरुषले एकै प्रकारको काम गरिरहनु भएको हुन्छ । त्यो हामीले देखिरहेका छौ । तर ज्याला लिने बेलामा त्यहि काम गरेको पुरुषले बढी महिलाले कम पाउनु हुन्छ । किन ’ अखिल महिला सघं दमक वडा नं २ को कमीटिले सोमबार गरेको कार्यक्रममा दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारीले सहभागीसँग यो प्रश्न गर्नु भयो ।

समान काममा असमान ज्याला कहाँ र कसरी दिइन्छ भन्ने कुराको एक दृष्टान्त पेष गरेको भन्दै उहाँले यस प्रकारको असमानता महिलाहरु आफै एकजुट नभएका कारणले भएको बताउनु भयो । उहाँले महिलाले आफ्नो शक्ति कहाँ र कसरी देखाउने भन्ने कुरालाई ख्याल गर्ने हो भने यस प्रकारको विभेदको अन्त्य हुने धारणा राख्नु भयो । एकै प्रकृतिको काम गर्दा समान ज्याला र सेवा पाइएन नी भनेर अहिले सम्म महिलाहरुले प्रश्न गर्ने हिम्मत नगरेका कारणले पनि अहिले सम्म विभेदनै सहिरहनु परेको उहाँको भनाई छ ।

महिलालाई शशक्तिकरण बनाउने हो भने सिपमा दक्ष बन्नु पर्छ । सिप बराबरको काम र उद्यम गर्नु पर्छ । न्यूनतम पनि आफुलाई आवश्यक पर्ने साधारण खर्च मात्रै आफैले कमाउन थाल्ने हो भने परिवारमा हुने विभेद हट्ने उहाले बताउनु भयो । तर त्यसकालागि म के सिक्ने र के गर्ने भन्ने कुरा चाहि आफुमा हुनुपर्नेपनि उहाँको भनाई थियो । यसकालागि दमक नगरपालिकामा आफुहरु जनप्रतिनिधी भएर जाने बित्तीकै महिला लक्षीत विभिन्न कार्यक्रमहरु बनाएको उहाँले सुनाउनु भयो । ‘दमकका महिला उद्यम गर पहिला ’ भन्ने नारा नै ल्याएर महिलामाथी हुनेगरेको विभेद हटाउने अभियान नगरपालिकाको तर्फबाट सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

अनेम सघं दमक २ नं वडा कमिटिले विभिन्न सास्कृतीक तथा महिलाहरुलाई सम्मान पनि गरेको थियो । कमिटीले १५ जना जेष्ठ आमाहरुलाई छाता दिएर सम्मान गरेको हो । साथै महिला मुक्तिसँग सम्बन्धीत विभिन्न गीत तथा कविताहरु पनि कार्यक्रममा प्रस्तुत गरिएको अनेम सघं वडा नं २ कि इन्चार्ज सुभेच्छा अधिकारी सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा अनेम सघंकी केन्द्रिय सदस्य शारदा सापकोटा प्रमुख अतिथी रहनु भएको थियो । नगरकी उप प्रमुख गीता अधिकारी, अनेम सघं प्रदेश १ कमिटि सदस्य भक्तादेवि दाहाल, अनेम सघंकी झापा जिल्ला कमिटी सचिवालय सदस्य लिला ढुङ्गेल लगायत अन्य विभिन्न महिला नेतृ तथा एमाले पार्टिका जिल्ला तथा नगर स्तरिय नेताहरुको पनि उपस्थित रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल