‘सुशासन स्थापना नै पहिलो र मुख्य प्रतिबद्धत’ मन्त्री पराजुली

प्रदेश सरकार भाषण र औपचारिकतामा सीमित नहुने,जनताले प्रत्यक्ष अनुभूति गर्ने काममै केन्द्रित हुने

दमक, २३ पुष । कोशी प्रदेश सरकारका नवनियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणी पराजुलीले प्रदेशमा सुशासन स्थापना नै आफ्नो पहिलो र मुख्य प्रतिबद्धता भएको बताउनु भएको छ ।

 

रेडियो किङ एफ एमको कार्यक्रम सत्य संवादमा बोल्दै मन्त्री पराजुलीले अब प्रदेश सरकार भाषण र औपचारिकतामा सीमित नहुने,जनताले प्रत्यक्ष अनुभूति गर्ने काममै केन्द्रित हुने स्पष्ट पार्नु भएको हो ।

 

उहाँले विधि र कानुनको पालना गराउने विषयमा कुनै सम्झौता नहुने बताउँदैकानुन सबैका लागि समान रूपमा लागू हुने व्यवस्था गर्न मन्त्रालय सक्रिय रहने उल्लेख गर्नुभयो। मन्त्री पराजुलीका अनुसार सरकारी कामकारबाहीमा मितव्ययिता र पारदर्शितालाई प्राथमिकता दिइनेछ। अनावश्यक खर्च कटौती गर्दै नतिजामुखी योजनामा बजेट खर्च गरिने पनि उहाँले बताउनु भएको छ ।

 

प्रदेशमा सुरक्षा व्यवस्थापनका सन्दर्भमा संघीय सरकारले अझै प्रहरी समायोजन नगर्दा चुनौती देखिएको उल्लेख गर्दै भन्नु भयो ‘त्यसको समाधानका लागि संघ सरकारसँग दृढ पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । ’

 

उहाँले प्रदेश सरकारको प्रभाव र विश्वसनीयता बढाउन अधिकतम परिणाम देखिने काममार्फत प्रदेशको औचित्य र प्रभावकारिता प्रमाणित गर्ने लक्ष्य रहेको बताउनुभयो। ‘जनताले अब भाषण र आश्वासन होइन, कामको परिणाम खोजिरहेका छन् । नागरिकले प्रत्यक्ष महसुस गर्ने सेवा प्रवाहमै मन्त्रालय केन्द्रित रहने छ । ’ उहाँले स्पष्ट पार्नुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८