टि १० को उपाधी दमक इलेभेनलाई, शिवसताक्षी बन्यो उपविजेता

दमक,२८ पुस। बिहानी क्रिकेट ग्रुप दमक, झापाले आयोजना गरेको खुल्ला नकआउट टि–१० क्रिकेट टुर्नामेन्टको उपाधि दमक इलेभेनले जितेको छ । आइतबार सम्पन्न फाइनल दमक इलेभेन विजेता बन्न सफल भएको छ भने खेलमा शिवसताक्षी नगरपालिका उपविजेतामा सीमित भएको छ ।

टि–१० अन्तर्गतको फाइनल खेलमा दमक इलेभेनले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो। १ सय १८ रनको लक्ष्य पछ्याएको शिवसताक्षी नगरपालिकाले १० ओभरमा ५ विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो। फाइनल खेलको ‘म्यान अफ द म्याच’ दमक इलेभेनका पप्पु मण्डल घोषित भए भने ‘प्लेयर अफ द सिरिज’ को उपाधि शिवसताक्षी नगरपालिकाका अभिषेक लिम्बुले जिते। प्रतियोगिताको विजेता दमक इलेभेनले ट्रोफीसहित ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता शिवसताक्षी नगरपालिकाले भने ट्रोफीसहित २० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ। टुर्नामेन्टका प्रायोजकहरूमा शिवम फेन्सी स्टोर, रानिन गोल्ड सिल्भर, ब्याक बर्न केटिएम, अम्बिका माछा फ्राई, न्यू सिद्धकाली कुरियर, झापाली इट्टा, फङ्की डेनिम, निरौला सुनचाँदी पसल, गीता ज्वेलरी, निरज ट्रेडस र सिटी कलेक्सन लगायत रहेका थिए। ट्रोफी हलेसी सुनचाँदी पसलको सौजन्यमा प्रदान गरिएको हो। पुस २५ गतेबाट सुरु भएको यो प्रतियोगिता पुस २७ गते औपचारिक रूपमा समापन गरिएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका