दमकमा निःशुल्क एआई एक्स–रेमार्फत क्षयरोग परीक्षण शिविर सम्पन्न

यस अभियानले क्षयरोग अन्त्यका लागि सामूहिक प्रतिबद्धता, लगानी र प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको सन्देश दिएको स्वास्थ्य शाखाले जनाएको छ।

दमक,२९ पुष । दमक नगरपालिकाले क्षयरोगको समयमै पहिचान र नियन्त्रणलाई लक्षीत गर्दै क्षयरोग सक्रिय खोजपड्ताल अभियान २०८२ अन्तर्गत निःशुल्क क्षयरोग परीक्षण शिविर सञ्चालन गरेको छ ।
दमक नगरपालिका–३ मा आयोजना गरिएको शिविरमा अत्याधुनिक एआई प्रविधिमा आधारित एक्स–रे सेवामार्फत क्षयरोग परीक्षण गरिएको हो। शिविर दमक नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा तथा बागमती सेवा समाज नेपालसँगको सहकार्यमा वडा नं ३ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा सम्पन्न भएको हो।

शिविरमा सहभागी स्थानीय नविन भण्डारीका अनुसार वृद्धवृद्धादेखि बालबालिकासम्मलाई लक्षित गरी आफ्नै टोलमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुँदा धेरै सहज भएको छ। यस्ता शिविरहरू नियमित रूपमा समुदायमा सञ्चालन हुनुपर्ने उहाँको भनाइ छ।

त्यस्तै, अर्की सहभागी पासाङ चोमु शेर्पाले अन्य स्थानमा परीक्षण गराउँदा रिपोर्ट आउन समय लाग्ने भए पनि एआई प्रविधिको प्रयोगले आफ्नै ठाउँमै छिटो र सहज रूपमा परीक्षण सम्भव भएको बताउनुभयो।

आयोजकका अनुसार एआई प्रणालीमार्फत छातीको क्षयरोग परीक्षण गर्ने यस्तो मेसिन कोशी प्रदेशमै एउटा मात्र रहेको छ। शिविरबाट जम्मा ३३२ जनाले सेवा लिएका छन् भने ३२ जनामा थप उपचार आवश्यक देखिएको वडा नं ३ नगर स्वास्थ्य केन्द्रका इन्चार्ज देवी प्रसाद काफ्लेले जानकारी दिनुभयो।

यस अभियानले क्षयरोग अन्त्यका लागि सामूहिक प्रतिबद्धता, लगानी र प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको सन्देश दिएको स्वास्थ्य शाखाले जनाएको छ। शाखाले क्षयरोग लुकाएर नराख्न, शंकास्पद लक्षण देखिएमा तुरुन्त परीक्षण गराउन र उपचार पूरा गर्न सबैलाई आग्रह गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका