माघे संक्रान्तीको अघिल्लो दिन दमक बजार तरुलमय

परम्परा जोगाउँदै उपभोक्ताको भिड बढ्दा पनि व्यापारीको व्यापार भने अपेक्षाअनुसार नचलेको गुनासो।

दमक,३० पुस । माघे संक्रान्तीको अघिल्लो दिन आज झापाको दमक बजार तरुलमय बनेको छ। दमकको मुख्य सब्जी बजार अगाडि बिहानैदेखि तरुल किन्न आउने उपभोक्ताको बाक्लो भिड देखिएको छ । सेतो तरुल, पिँडालु, सिमल तरुल, स्कुसदेखि वनतरुलसम्मका थुप्रै प्रकारका तरुल बजारमा सजिएका थिए ।

माघे संक्रान्ती सूर्य उत्तरायण प्रवेश गर्ने दिनका रूपमा चिनिन्छ । यो पर्वलाई नयाँ ऊर्जा, स्वास्थ्य र परिवारसँगको सामूहिक भोजनसँग जोडेर हेरिन्छ । यही कारण माघे संक्रान्ती नजिकिँदै जाँदा तरुल, चाकु, घिउ र तिलजन्य परिकारको माग हरेक वर्ष बढ्ने गरेको छ ।
मागे संक्रान्तीको दिन तरुल अथवा माटो मुनी फलेको फल्ने फल वा तरकारी खानुपर्ने विभिन्न धार्मिक र वैज्ञानिक विश्वासहरु पनि छ । माग महिनामा जाडो मौसम हुने गरेको र यही जाडोबाट आफ्नो शरिरलाई बचाउन तरुल जस्ता फलहरुले हाम्रो शरिरमा पोषण दिने हुने भएकाले पनि मागे संक्रान्तीको अवसरमा तरुल खाने गरिएको विश्वास राख्नुहुन्छ दमक ८का स्थानीय भिम सुवेदी ।

पहिल्यै देखी मागे संक्रान्तीको दिन तरुल खाले चलन चलीआएको भएकाले आफूले पनि यो दिन तरुल खानुपर्छ भन्ने विश्वास राख्नुहुन्छ दमक ७ की राज देवी शाह ।

बजारमा उपभोत्ताको अत्याधीक भिड देखिएपनि व्यापार भने खासै उत्साहजनक नभएको व्यवसायीहरुको भनाई छ । माघे संक्रान्तीको अघिल्लो दिनमा पनि विगतको तुलनामा यो वर्ष त्यती राम्रो नभएको बताउनुहुन्छ दमक सब्जी बजार अगाडी तरुलको व्यापार गर्न बस्नुभएका व्यावसायी श्याम थापा ।

विभिन्न पहाडी क्षेत्रबाट तरुल बेच्न ल्याउनुभएकी पाँचथरकी मनु सोरेनको पनि भनाई उस्तै छ । यो वर्ष तरुलको खासै व्यापार नभएको उहाँको भनाई छ ।

परम्परा, स्वास्थ्य र संस्कृतिसँग जोडिएको तरुलको किनमेलमा उपभोक्ता व्यस्त देखिए पनि व्यापार भने व्यवसायीले अपेक्षा गरेजस्तो हुन सकेको छैन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका