नाट्यशाला निर्माण यात्रामा पथरी शनिश्चरेको ‘शब्द थिएटर’

४० लाख बढीको ४ कठ्ठा जग्गा निःशुल्क प्राप्त भएपछि सर्जकहरु उत्साहित

पथरी, १ माघ / सृजना क्षेत्रमा उर्बर उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरक्षेत्रमा आवश्यकता खड्किएको नाट्यशाला निर्माणका लागि प्राप्त भएपछि सर्जकहरु उत्साहित भएका छन् ।

 

स्थानीय समाजसेवी हिरा तिम्सिनाले वडा नम्बर २ मा अवस्थित साविक मधुमल्ला ६ ध, कित्ता नम्बर ६४७ को ४० लाख बढी मूल्यपर्ने ४ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेपछि सर्जकहरुमा उत्साह थपिएको हो । २ नम्बर वडाध्यक्ष नैना राईको समन्वयमा नाट्य गतिविधिमा सक्रिय ‘शब्द थिएटर’का लागि जग्गा व्यवस्थापन हुन पुग्यो । शब्द थिएटरले जग्गास्थलमा ‘नाट्यशाला निर्माणस्थल’को बोर्ड राखेर सर्जकहरुमाझ जानकारीमूलक कार्यक्रम राख्यो । ‘ नाटक देखाउन गरेको दुःख प्रत्यक्ष देख्दै आएको छु ।’ वडाध्यक्ष राईले भन्नुभयो ‘कला र साहित्य क्षेत्रको विकासले मात्र समग्र विकास हुने मैले बुझेको छु । त्यही भएर त्यहाँको जग्गा प्राप्तिका लागि मैले पहल गरें ।’

 

कार्यक्रममा बोल्दै नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिका पूर्व अध्यक्ष एवम् वर्तमान कार्यपालिका सदस्य वीरध्वज शिवाले लामो समयपछि यसखाले अवसर प्राप्त हुनु ठूलो कुरा भएकाले खुसी व्यक्त गर्नुभयो ।
जनप्रतिनिधिको पहलमा भएको जग्गास्थललाई अब नाट्यसंगै सबैखाले सृजनाको थलोका रुपमा सो स्थललाई विकास गर्नुपर्ने सुझाव समेत दिनुभयो ।

 

कार्यक्रममा जग्गादाता तिम्सिनाले सृजना क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने दायित्व बुझेर आफूले सहयोग गरेको जानकारी गराउनु भयो ।
जग्गाप्राप्तिपछि सो स्थलमा नाट्यशाला निर्माणका लागि आर्थिक व्यवस्थापनको खाँचो रहेको जनाउँदै थिएटर अध्यक्ष अशोककुमार राईको अगुवाईका सर्जकहरुको टोली पथरी शनिश्चरे नगरपालिका कार्यालय पुग्यो । टोलीले नगर प्रमुख मोहनप्रसाद तुम्बापोलाई तत्कालका लागि नाट्यशाला निर्माणस्थल पुर्न र घेराबारा गर्न आर्थिक व्यवस्थापन मिलाउन अनुरोध गर्‍यो । आधुनिक सुविधा सम्पन्न नाट्यशाला निर्माणका लागि नगरले आफूले र माथिल्ला निकायमा पहल गर्न समेत जोड दियो ।

 

नगर प्रमुख तुम्बापोले नगरले पनि सकेको सहयोग गर्ने र यसलाई प्रदेश र संघमा नगरकोतर्फबाट योजनाका लागि पहल गर्ने वचन दिनु भयो ।
जग्गाको तत्काल तारजालीसहितको घेराबाराका लागि २ नम्बर वडा कार्यालयले २ लाख रुपैयाँ बजेट छुट्याएको छ । वडाले नै सो स्थलको नापजाँच गरेर स्टिमेट समेत तयार गरेको छ ।

 

जनप्रतिनिधिबाट सृजनाको मर्म बुझेर यसखाले पहल थालिनुलाई देश विदेशका सर्जकहरुले खुसी व्यक्त गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित क्षेत्रमा उद्धार र शव व्यवस्थापन तीव्र

काठमाडौं,१५ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ ।बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल

नुवाकोट महादेवफाँटमा शव व्यवस्थापन गर्दै सशस्त्र प्रहरीको टोली

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ । बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना,

बाढी–पहिरोका कारण देशभरका मुख्य सडक खण्ड ठप्प

काठमाडौं , १५ भदौ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल

९०३ जनाको मृत्यु, ४ हजार २४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको उद्धार

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको