माघे सङ्क्रान्तिमा कन्काई माईमा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने जनविश्वाससहित मकर स्नान गर्दै पुस्तौँदेखिको धार्मिक आस्था कायम

दमक,१ माघ । माघ १ गतेको दिन मनाईने माघे संक्रान्ती नेपालीले मनाउने पर्वहरूमध्येको एक मुख्य पर्व हो । यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि । माघे सङ्क्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको छ । आजको दिन पवित्र खोला वा नदीमा गएर नुहाए पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि रहेको छ । माघ एक गतेका दिन झापाको कन्काई अर्थात् माई नदीमा पुजा र स्नान गर्ने भक्तजनहरुको लामो ताँती लाग्ने गर्छ । मकर नुहाउन अरु नदीलाई भन्दा बढी कन्काई नदीलाइ नै चाहीँ किन बढी रुचाईन्छ ? यहाँ स्नान गर्न आउने भक्तजनहरुले के विश्वास राख्छन् ?

माग १ गते अर्थात् माघे संक्रान्तीको दिन मकर नुहाउन र पुजाआजा गर्न भक्तजनहरु टाढाटाढाबाट धाउने गर्छन् । यस नदीमा मनोकामना, ईच्छा, आकाङ्सा पूरा हुने पनि जनविश्वास रहेको छ । सोही कारणले गर्दा पनि यस दिन पुजा गर्ने र स्नान गर्न आउने भक्तजनहरुको लामो लर्को लाग्ने गर्छ ।
आफ्ना बाउबाजेका पाला देखी नै मकर नुहाउने चलन चली आएको र आफूले पनि त्यही धार्मिक विश्वास राख्ने भएकाले यस दिनलाई विशेष दिनको रुपमा लिनेगरेको बताउनुहुन्छ सुनसरीबाट मकर संक्रान्तीमा पुजा गर्न आउनुभएका राम प्रसाद चौधरी । यस दिन मकर स्नान लिए मन र शरिर दुबै सफा र पवित्र हुने उहाँको विश्वास छ ।

यस दिन मकर स्नान लिएर पुजाआजा गरे वर्षभरी नै सुख शान्ति छाउने र शरिरमा रोग नलाग्ने घाउ खटिरा नलाग्ने विश्वास वर्षौँ देखी राख्दै गरेको र सोही कारण आज पनि मकर नुहाउन माई नदी आएको बताउनुहुन्छ छेव्ली देवी चौधरी ।

 

धार्मिक दृष्टिले मात्र नभई, वैज्ञानिक तबरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्त्वपूर्ण मानिएको छ । धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ । पानीलाई नै देवी मान्ने भएकाले नै यस दिन यस पानीमा नुहाए पनि शरिर पवित्र हुने बताउनुहुन्छ पण्डित नारायण ओली ।

 

मागे संक्रान्तीसँग संम्बन्धित विभिन्न धार्मिक विश्वासहरु छन् । जुन धार्मिक विश्वासहरुलाई वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि परम्परा र संस्कारलाई जीवन्त तुल्याउछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका