तारावारी आधारभूत विद्यालयको इतिहाँसमै भव्य कार्यक्रम

दमक, ३ माघ। दमक–४ मा रहेको श्री तारावारी आधारभूत दमक शहर बजार भन्दा अली पर छ । विद्यार्थी संख्या पनि निकै कम छ । नजिकै खुलेका निजी विद्यालयले खल्र्याप्पै पारेका छन् । तर पनि यो विद्यालय यस क्षेत्रको इतिहासु हो । यसले शिक्षा क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छ । यसरी यस विद्याय र विद्यालय मार्फत शैक्षिक योगदान पुर्र्याएका विभिन्न व्यक्ति तथा सस्थाहरुलाइ सम्मान गर्दै समुदायसग अझ निकट हुने गरी यसले कार्यक्रम गरेको छ ।
यो विद्यालयमा पनि अनेकन प्रतिभा भएका विद्यार्थी छन् । तर निकै कम मात्रै मञ्च पाउने यहाँका विद्यार्थीले यो पटक भने भव्य मञ्च पाए । आफ्ना प्रतिभा खुलेर देखाउन सके । यसले पनि देखाउछ ताराबारी आधारभूत विद्यालय अघी विद्यार्थीको सिकाईलाई थप प्रभावकारी बनाउन अग्रसर भएर अघी बढ्यो । विद्यार्थीहरूको प्रतिभा, अनुशासन र शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने र पूर्व तथा बेहाल शिक्षकलाई सम्मान पनि गर्यो ।

विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न, मनोरञ्जन दिलाउन र प्रतिस्पर्धात्मक रुपमा अघि बढाउन सिकाउनका लागीका लागी बिभिन्न कार्यक्रम आयोजना गरीएका थीए । आयोजना गरिएको तिन दिने खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन गर्न र पूर्व तथा बाहालवाला शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । विद्यालयलाई चुस्तदुरुस्त अघी बढाउनका लागी शिक्षकको मात्र नभई , अभिभावक र विद्यालयसँग सरोकार राख्ने पधादीकारीको पनि उत्तिकै भुुमिका हुने यस विद्यालयका प्रधानाध्यापक नारायण बहादुर भण्डारीको भनाई छ ।

दमक ४ का आधारभुत विद्यालयहरु मध्ये सबै भन्दा पहिलो पटक यस खाले कार्यक्रमको आयोजना गरि तारावारी आधारभुत विद्यालयले नमुना कार्यक्रमको सुरुवात गरेको यसै वार्डका वार्ड अध्यक्ष पुण्ड्य प्रसाद दाहालले समेत दावि गर्नु भयो । यकालागी सम्पूर्ण विद्यालय परिवार प्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ हौसला बढाएर अझ राम्रा कार्यक्रम गर्न पनि उहाँले शुभकामना व्यक्त गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा उपस्थित अथिती नेपाल अपाङ्ग महासंघका केन्द्रिय सदस्य मदन बोहोराले विद्यालयमा कयौँ वर्ष काम गरेर सेवा प्रदान गरी निर्वित्त हुनुभएका शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम आकर्षक बनेको बताउनु भयो । यस्तो खाले कार्यक्रमले विद्यालयको गरिमालाई उच्च बनाउने र विद्यालयको आवश्यकतालाई झल्काउने उहाँको भनाई छ ।

ताराबारी आधारभुत विद्यालयले केबल सम्मान कार्यक्रम मात्र गरेन आधारभुत विद्यालय मध्ये कै पहिलो पटक यस खाले कार्यक्रमको सुरुवातको थालनी गरि नमुना विद्यालयको झल्को देखाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका