हरेक मतदातासँग सम्पर्क बढाउन एमालेका कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

झापा,९ माघ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका ५ का नेताहरुलाई जनताका घरघरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिनुभएको छ ।

झापाको क्षेत्र नं ५ को क्षेत्रीय समन्वय कमिटीको आजको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सम्पूर्ण पार्टीपंक्ती जनताको घरघरमा पुग्नु र मतदातालाई एमालेलाई मत दिनलाई विश्वस्त तुल्याउनु पर्ने बताउनुभयो । अध्यक्ष ओलीले यस क्षेत्रमा एमालेको नेतृत्वमा भएका विकास निर्माणका काम नै निर्वाचन जित्न पर्याप्त भएको उहाँले बताउनुभयो । केन्द्रीय सदस्य,प्रदेश सदस्य,जिल्ला कमिटीका पदाधिकारी,पालिका तहका नेताहरु सहभागी सो बैठकमा योजना बनाएर प्रचारका काम गर्न र विपक्षीले छरेका भ्रम तोड्न पनि निर्देशन दिनुभएको छ । उहाँले दृढताकासाथ निर्वाचन प्रचारमा लाग्न निर्देशन दिनुभएको छ ।

‘यस क्षेत्रमा म पहिलो पटक निर्वाचन लड्न आउँदाको स्थिती के थियो ? अहिले कस्तो छ ?’ त्यती बेला धुलाम्मे सडक मात्र थिए । पिच हेर्न राजमार्ग जानुपथ्र्यो’ अध्यक्ष ओलीले भन्नुभयो ‘अहिले गाउँ टोलसम्म नै पिच सडक पुगेको तपाईंहरुले देख्नुभएको छ । यो एमालेको नेतृत्वले गरेको हो । जनताले यो कुरा बुझेका छन् । तर एक पटक स्मरण गराउनु पर्दछ । ’

अध्यक्ष ओलीले देशलाई नै सखाप पार्ने उद्धेश्यले भदौ २३ र २४ गतेको घटना गराइएको दाबी गर्नुभएको छ । नवयुवाहरुले सुरु गरेको आन्दोलन र उठाएका मागहरु नाजायज नभए पनि त्यसपछिको घुसपैठले देश नै तहसनहस भएको उहाँको भनाइ छ । ‘ति घटनाहरु देखाएर एमालेलाई दोषी करार गर्न खोजिदैछ’ अध्यक्ष ओलीले भन्नुभयो ‘यस्ता आधारहिन कुराको प्रतिवाद गर्नुपर्दछ । यसका लागि सम्पुर्ण पार्टीपंक्तीलाई जनताका घरघमा पुर्याउ । हरेक मतदातासँग सम्पर्क बढाउँ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।