सुरक्षित नागरिक आवास कार्यक्रमः फुसको छानो बिस्थापित , सुरक्षित भए नागरिक

दमक,९ माघ। मानिसको जीवनमा खाना र कपडा जत्तिकै आवश्यक कुरा हो घर। दिनभरको थकान मेट्ने, परिवारसँग ढुक्क भएर बस्ने र आफू सुरक्षित भएको अनुभूति गराउने आधार नै घर हो। तर जब घरको छानो फुस वा खरको हुन्छ, तब त्यो घर सुरक्षित बसोबासभन्दा बढी चिन्ताको कारण बन्छ।
बर्खाको मौसम आउँदा रातभर पानी चुहिने, ओछ्यान भिज्ने, बालबच्चा काखमै राखेर जाग्राम बस्नुपर्ने पीडा धेरै विपन्न परिवारले वर्षौँदेखि भोग्दै आएका छन्।
यही पीडालाई मध्यनजर गर्दै संघीय सरकारले सञ्चालनमा ल्याएको हो — सुरक्षित नागरिक आवास कार्यक्रम। यस कार्यक्रमको मुख्य उद्देश्य अति विपन्न, सीमान्तकृत र कमजोर आर्थिक अवस्थाका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्नु हो।

 

फुस वा खरको छानो भएको घरलाई टिन वा सुरक्षित छानामा रूपान्तरण गर्दै नागरिकको जीवनस्तर सुधार गर्नु यस कार्यक्रमको मूल लक्ष्य हो। सरकारले स्थानीय तहको समन्वयमा लाभग्राही छनोट गरी घर सुधारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ। सानो देखिने यो सहयोगले धेरै परिवारको जीवनमा ठूलो परिवर्तन ल्याएको छ।

 

दमक–५ की स्थानीय धन माया दर्जी भन्नुहुन्छ ,पहिले घरमा सेतो टिनको छानो हुँदा पनि पानी धेरै चुहिन्थ्यो। बर्खामा सुत्नै गाह्रो हुन्थ्यो। तर सरकारले नयाँ टिनको छानो दिएपछि धेरै राहत मिलेको छ।
त्यस्तै मन माया राईको अनुभव पनि उस्तै छ। उहाँ भन्नुहुन्छ, खरको छानो हुँदा बर्खामा घरभित्र बस्नै नसकिने अवस्था हुन्थ्यो।अब भने घाम–पानीबाट जोगिएको अनुभूति भएको छ।

 

दिल माया दर्जीका लागि त यो कार्यक्रम दुःखमा साथ दिने सरकारको उदाहरण बनेको छ। आर्थिक अवस्था कमजोर हुँदा सामान्य मर्मतसम्भार पनि गर्न नसक्ने अवस्थामा सरकारको सहयोगले जीवन सहज भएको उहाँको भनाइ छ।

दमकमा मात्र होइन, देशभर फुसको छानोमुक्त अभियान प्रभावकारी रूपमा अघि बढाउन सकिए धेरै विपन्न परिवारको जीवनमा स्थायी राहत मिल्ने स्थानीयको विश्वास छ। सुन्दा सानो लाग्ने छानो परिवर्तनको कार्यक्रमले नागरिकको आत्मसम्मान, स्वास्थ्य र सुरक्षामा ठूलो असर पारेको देखिन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डा. केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव धनगढीमा

काठमाडौं,९ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुग्नु भएको छ । शिक्षा तथा

‘हामीभित्र कमजोरी भए पनि सफलताका सबल पक्ष छन्’ : पोखरेल

काठमाडौं,९ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका कमजोरी र सफलताका पक्षलाई समग्रतामा हेरेर समीक्षा गर्नुपर्ने बताउनु भएको छ । नरबहादुर कर्माचार्यको १३ औं

गीत, संगीत र कला हाम्रो इतिहास र पहिचान हो : सभामुख अर्याल

काठमाडौं,९ साउन । सभामुख डोलप्रसाद अर्यालले गीत, संगीत, साहित्य र कला नेपाली समाजको भावना, इतिहास र पहिचान भएको बताउनु भएको छ । शनिबार वरिष्ठ गीतकार

सांसदलाई पीए दिने निर्णयविरुद्ध जेनजी सडकमा

काठमाडौं,९ साउन । संघीय संसद्का सदस्य (सांसद)हरूलाई व्यक्तिगत स्वकीय सचिव (पीए) राख्न दिने नेपाल सरकारको निर्णयविरुद्ध युवाहरु सडकमा उत्रिएका छन् । शनिबार माइतीघर मण्डलामा जेनजी

डा. केसीको उपचार र माग सम्बोधनका लागि मन्त्रालय सक्रिय

काठमाडौं,९ साउन । बिहीबारदेखि पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले

तीन वर्षको प्रतीक्षापछि काखमा खेलिरहेकी छोरी, मेघाको मुहारमा फर्कियो खुसी

दमक, ९ साउन । मन कति खुसी र सन्तुष्ट छ भन्ने कुरा शब्दले होइन, आँखाको चमक, ओठको मुस्कान र अनुहारमा देखिने भावले पनि बताउँछ। मेघा