फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर। सडकमा हिँड्न गाह्रो, सास फेर्न पनि कठिन। तर समय फेरिएसगै दमकको चमक पनि फेरीएको छ । दमक बजार अहिले पूर्वि नेपालकै सफा र सुन्दर नगर बनेको छ ।

आजको दमक बजार क्षेत्रमा धुलाम्मे सडक छैनन्। पिच गरिएका सडक, सफा वातावरण र व्यवस्थीत बजारले दमकको मुहार नै बदलिएको छ। दमक–५ का स्थानीय ओम सेढाइ चार–पाँच वर्षअघिको अवस्था सम्झँदै भन्नु हुन्छ पहिले सडकको धुलोले हिँड्नै सकिँदैन थियो। तर अहिले पिच सडक बनेका छन्, बजार सफा छन्, दमक सुन्दर देखिन थालेको छ।

 

यस्तै अनुभव सुनाउनु हुन्छ सभिता भण्डारी गौतम। उहाँका अनुसार पहिले अव्यवस्थित बजारका कारण तरकारी किन्न निकै समस्या हुन्थ्यो। अहिले भने बजार व्यवस्थीत भएकाले दैनिक किनमेल सहज भएको छ।

दमक–६ का कोपिला पौडेल पनि विकासको परिवर्तन स्पष्ट देखिएको बताउनु हुन्छ। सडकको राम्रो व्यवस्थापनले धुलोबाट मुक्ति मिलेको छ। आवतजावत सजिलो भएको छ। अरू ठाउँको तुलनामा दमकमा विकासको गति तीव्र भएको उहाँको भनाइ छ।

सरकारले गरेको विकासका कामले आज दमक ‘सुन्दर दमक’ बन्दै गएको छ। सडकका दुवै किनारामा रोपिएका हरियाली बोटबिरुवाले वातावरण थप आकर्षक बनेको छ।पहिले सधैँ भिडभाड हुने सडकमा बाटो काट्नै समस्या हुन्थ्यो। तर अहिले आकाशे पुल बनेपछि पैदलयात्रीलाई ठूलो राहत मिलेको छ। सडक, बजार, वातावरण र यातायात व्यवस्थापनमा आएको सुधारलेदमकका नागरिकको दैनिक जीवन सहज बनेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई