अनुशीलन

‘म सर्जक बाहेक अरु केही हुने नै थिइँन’ : यज्ञ परिश्रमी

सृजनामा मन्द अमृत भेटिन्छन्‌

दमक, १० माघ/ जति अभाव भएपनि मनले चाँहि नपढ्ने कुरातर्फ कहिल्यै सोच्दै सोचेन । अर्थात जन्मजात पढ्ने, लेख्ने कुरामा मन गइरह्यो । फलस्वरुप अभावलाई चिर्दै पढ्ने, पढाउने र लेख्ने कामले नै स्थापित गरिछाड्यो यज्ञप्रसाद दहाल अर्थात यज्ञ परिश्रमीलाई ।
काशीनाथ र श्यामकलाका आठ छोरामध्ये खन्तरे छोराका रुपमा वि.सं. २०२२ माघ ५ गते पाँचथरको मौवामा जन्मिनु भएका परिश्रमी हाल मोरङको उर्लाबारी ५ मा बसोबास गर्दै आउनु भएको छ ।

 

२०४५ साल मंसिर १ गते कालिका मावि टाँडीबाट शिक्षक सेवामा प्रवेश गरेपछि उहाँलाई जीवन सहज बनाउँदै जान मद्धत पुग्यो । २०६४ सालबाट राधिका माध्यामिक विद्यालय उर्लाबारी ६ मा सरुवा भएर त्यहाँ १८ वर्ष शिक्षण गरेपछि ३७ वर्षे कार्यावधि पुरा गरेर उमेर हदका कारण अनिवार्य अवकास पाउनु भएको छ ।

 

उहाँले विद्यालयमा पाठ्यक्रम मात्र पढाउनु भएन, सृजना, इमान्दारिता, सरलता, मिजास र कर्तव्यबोधको अग्लाई सिकाउनु भयो । राधिका माविमा त विद्यार्थीलाई सृजनशील बनाउन राधिका साहित्य समाज निर्माण गरेर प्रोत्साहन भरिरहनु भएको छ । त्यहाँ आफ्‌नै खर्चमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कर्धकदको प्रतिमा स्थापित गरिदिनु भएको छ ।

 

भावुक र चेतन मनका कारण सृजनासँगको उहाँको जन्मजात नै जोडिएको नाता साहित्य लेखनको ४५ वर्षपछि कविता संग्रह ‘राराको लीला’मा एकमुष्ठ संग्रहित भइ जुनीजुनीको चिनो बनेर बसेको छ । कविता, कथा, संस्मरण, गजल र विचारहरूका एक एक पुस्तकका पाण्डुलिपी तयारी अवस्थामा छन् ।

 

प्रचारबाट टाढै रहन रुचाउने उहाँ सृजना प्रवद्र्धनको गहन मर्ममा आफ्‌नो रुची जोडेर नेपाली साहित्य समाज उर्लाबारीको नेतृत्व लिनुकासाथै विभिन्न सामाजिक काममा सक्रिय हुनुहुन्छ ।

 

नेपाल राष्ट्रिय शिक्षक संगठन, राधिका मावि, राधिका साहित्य समाज, परोपकार सेवा केन्द्र, मनोहर जनता मावि मिक्लाजुङलगायतका संघ संस्थाबाट साहित्य र शिक्षा क्षेत्रमा सम्मानित बनेर समाजका लागि सृजनकर्मको प्रोत्साहनमा आफूलाई निरन्तर उभ्याइरहनु भएको छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा भएको भलाकुसारीको भिडिओ हेरौं :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आरुघाट पुलको सन्देशले सांसद श्रेष्ठ विवादमा, फुर्केखोलाको पुलबारे उठ्यो प्रश्न

धादिङ । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित पुल बगाएपछि नयाँ बेलिब्रिज जडानका लागि पहल सुरु भएको छ। तर, पुल पुनःस्थापनाका

मानसिक स्वास्थ्य सम्बन्धी ऐन ल्याउने सरकारको तयारी

काठमाडौं,२६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित, प्रभावकारी र नागरिकको पहुँचमा पुर्याउन सरकारले आवश्यक कानुनी आधार निर्माणलाई प्राथमिकता दिएको

कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ , नैनसिंह महर

काठमाडौं,२६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनको महामन्त्री पदका उम्मेदवार नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका

हिरोमा पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते

मुगु ,२६ असोज। सोमबार विहान पहिरोमा पुरिएर गम्भीर घाइते भएका जेसीभी चालकको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि

दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,२६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति–सुरक्षाको अनुभूति गर्नेगरी कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतहरूलाई निर्देशन दिनु