सडकको भविष्यप्रति चासो

पथरी बजारमा ६ लेनको ५० मिटरकै सडक बनाउने सहमति

जिरिखिम्तीको पनि चाँडै समस्या समाधान गर्न पहल जारी

पथरी, ११ माघ / उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित पथरी बजार क्षेत्रमा ५० मिटरको ६ लेनकै सडक निर्माणमा सम्बन्धित सडक कार्यालयले सहमति जनाएको छ ।

 

८२ मिटर सडकको क्षेत्राधिकार खाली हुन नसक्दा ४ लेन मात्रको सडक बन्ने प्रसंग अघि बढेपछि स्थानीयले सडक र बजारको सुन्दरतालाई ध्यानमा राखेर सडकको क्षेत्र खाली गरेर ६ लेनकै सडक बन्नुपर्ने माग अघि सार्दै आएका थिए । यसक्रममा आज वडा नम्बर १ का वडाअध्यक्ष भिमकुमार राईको संयोजकत्वको राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले काँकडभिट्टा –लौकही सडक आयोजना पश्चिम खण्ड इटहरीमा आफ्‌ना माग अघि सारेको थियो । संयोजकले मागपत्र पेस गरिसकेपछि कार्यालयका योजना प्रमुख जगत प्रजापतीले पालिका तथा वडाको अगुवाईमा सडक क्षेत्रको भाग खाली गरेपछि ५० मिटर चौडाईकै ६ लेनको संरचनाको सडक निर्माण गरिने जवाफ दिनु भयो । साथै उहाँले अब तत्कालै पथरी बजारमा ड्रेनको काम अघि बढाइने समेत बताउनु भयो । पथरी खोला र लाटी होलीमा समेत पुलको चौडाइ थपिनुकासाथै सडक निर्माण हुँदा नष्टहुने खानेपानीको पाइप योजनाकैतर्फबाट व्यवस्थापन गरिदिने पनि जानकारी गराउनु भयो ।

 

सरकारको नीति अनुसार साविकदेखि नै सडक क्षेत्रमा पर्दै आएको ८२ मिटर क्षेत्रमा पर्ने संरचना हटाउनका लागि १ नम्बर वडा कार्यालयले ३५ दिने सूचना जारी गरिसकेको छ । वडाअध्यक्ष भीमकुमार राईको अध्यक्षताको दल तथा विभिन्न सरोकारवालाहरुको भेलाले सर्वपक्षीय १३ सदस्यीय समितिले गत भदौमा कार्यालयसँग भएको सहमति अनुरुप सडक काम अघि बढ्नुपर्ने कुरामा परियोजना प्रमुखलाई ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । पथरी बजार क्षेत्रमा ८२ वटा संरचनाका केही भाग सडकक्षेत्राधिकार भित्र पर्ने देखिएको छ ।

समितिका सदस्यहरुमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, एमालेकातर्फबाट पूर्व वडाध्यक्ष बाबुराम एङ्देन, वडा सदस्य पूर्णबहादुर कार्की, कांग्रेसका दुर्गाप्रसाद भट्टराई, नेकपाका तुलसी ढकाल, रास्वपाका मोहनकुमार श्रेष्ठ, प्रभावित क्षेत्रसहितका प्रतिनिधिहरु विजय डाँगी, राजेन्द्र भण्डारी, रुपनारायण भट्टराई, राजन तिम्सिना, विजय श्रेष्ठ, शान्ति सामुदायिक वनका कुलमणि गुरुङ रहनु भएको छ ।

 

जिरिखिम्तीको पनि चाँडै समस्या समाधान गर्न पहल जारी

यसैक्रममा उज्यालो खबरको प्रश्नमा वडा नम्बर १० को जिरिखिम्ती क्षेत्रको सडकको समस्या समाधानमा पहल भइरहेको योजना प्रमुख प्रजापतीले उल्लेख गर्नुभयो । उहाँले भोग अनुसार हालसाविक गर्न उपयुक्त हुने राय पठाएको जनाउनु भयो । ५० वर्षअघि पूर्वपश्चिम सडक निर्माणकै बेला मोरङ्गी खोलाको पुल भासिएपछि केही उत्तरतर्फ सारेर पुल र सोही अनुसारको सडक निर्माण गरिएको थियो । त्यसबेला दक्षिणतर्फ बनेको नक्सामा घर खेत रहेको अवस्था छ । हाल सडक रहेकै क्षेत्रलाई हालसाविक गरेर सडक निर्माण गर्नुपर्ने स्थानीयले माग गर्दै आएका छन् । नक्सा अनुसार सडक सार्ने हो भनें १८ वटा घर पर्ने भएपछि सम्बन्धित स्थानीय सडक सार्न नहुने भन्दै पटक पटक संघीय मन्त्रालयमा डेलिगेशन गइरहेका छन् । व्यक्तिको जग्गा भनें हाल भएको सडकमा पर्दा ५० औं वर्षदेखि जग्गाधनीले जग्गा भोग्न र बेचविखन गर्न पाएका छैनन् । विवादका कारण त्यहाँको सडक निर्माण कार्य रोकिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डा. केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव धनगढीमा

काठमाडौं,९ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुग्नु भएको छ । शिक्षा तथा

‘हामीभित्र कमजोरी भए पनि सफलताका सबल पक्ष छन्’ : पोखरेल

काठमाडौं,९ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका कमजोरी र सफलताका पक्षलाई समग्रतामा हेरेर समीक्षा गर्नुपर्ने बताउनु भएको छ । नरबहादुर कर्माचार्यको १३ औं

गीत, संगीत र कला हाम्रो इतिहास र पहिचान हो : सभामुख अर्याल

काठमाडौं,९ साउन । सभामुख डोलप्रसाद अर्यालले गीत, संगीत, साहित्य र कला नेपाली समाजको भावना, इतिहास र पहिचान भएको बताउनु भएको छ । शनिबार वरिष्ठ गीतकार

सांसदलाई पीए दिने निर्णयविरुद्ध जेनजी सडकमा

काठमाडौं,९ साउन । संघीय संसद्का सदस्य (सांसद)हरूलाई व्यक्तिगत स्वकीय सचिव (पीए) राख्न दिने नेपाल सरकारको निर्णयविरुद्ध युवाहरु सडकमा उत्रिएका छन् । शनिबार माइतीघर मण्डलामा जेनजी

डा. केसीको उपचार र माग सम्बोधनका लागि मन्त्रालय सक्रिय

काठमाडौं,९ साउन । बिहीबारदेखि पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले

तीन वर्षको प्रतीक्षापछि काखमा खेलिरहेकी छोरी, मेघाको मुहारमा फर्कियो खुसी

दमक, ९ साउन । मन कति खुसी र सन्तुष्ट छ भन्ने कुरा शब्दले होइन, आँखाको चमक, ओठको मुस्कान र अनुहारमा देखिने भावले पनि बताउँछ। मेघा