बाल्टिमोर काउन्टी कमिसनरमा भद्रपुरकी हरिमाया

महिला अधिकारको यात्रामा सिर्जना काफ्ले

भद्रपुर, १२ माघ ।  झापा भद्रपुर–७ मा हुर्किएकी सिर्जना काफ्ले आज अमेरिका स्थित बाल्टिमोर काउन्टीको कमिसन फर वुमन कमिशन को बोर्ड सदस्यमा मनोनित हुनुभएकाे छ । सामान्य किसान परिवारबाट उठेकी एक नेपाली महिलाको यो यात्रा व्यक्तिगत सफलता मात्र होइन, नेपाली महिला र डायस्पोराका लागि प्रेरणाको कथा बनेको छ।

बाल्टिमोर काउन्टी एक्जुकेटिभ क्याथी क्लाउज्मायरले औपचारिक पत्रमार्फत काफ्लेलाई आयोगको बोर्ड सदस्यमा नियुक्त गरिएको जानकारी दिएकी हुन्। पत्रमा “तपाईंलाई बाल्टिमोर काउन्टी महिला आयोगमा नियुक्त गर्न पाउँदा खुसी छु” भन्दै काफ्लेको अनुभव, सक्रियता र नेतृत्व क्षमताको प्रशंसा गरिएको छ। काफ्लेको कार्यकाल जनवरी २३ देखि लागू भई डिसेम्बर ३१, २०२८ सम्म रहनेछ।

आज अन्तर्राष्ट्रिय मञ्चमा चिनिएकी सिर्जना काफ्लेलाई भद्रपुरका धेरैले अझै पनि मायाले ‘हरिमाया’ भनेर सम्झिन्छन्। सामान्य किसान परिवारमा जन्मेकी सिर्जनाको बाल्यकाल खेतबारी, श्रम र साधारण जीवनबीच बित्यो। समाजमा महिलाले भोग्नुपर्ने सीमितता र विभेद उहाँले सानैदेखि नजिकबाट देख्नुभएकाे छ ।

२०५४ सालमा चन्द्रगढीस्थित बीरेन्द्र माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि सिर्जना उच्च शिक्षाका लागि काठमाडौं पुग्नुभयाे ।  पद्मकन्या क्याम्पसमा भर्ना भएसँगै उहाँको जीवनले नयाँ दिशा लियो। क्याम्पसको पढाइसँगै उहाँले सामाजिक अभियानलाई आफ्नो पहिचान बनाउँदै लैजानुभयाे ।

पद्मकन्या क्याम्पसमै अध्ययनरत रहँदा सिर्जना ‘मानव अधिकारका लागि महिला’ नामक संस्थामा आबद्ध हुनुभयाे । एकल महिला, हिंसापीडित र अधिकारबाट वञ्चित महिलाका सवालमा काम गर्ने यो संस्थाले उहाँलाई व्यवहारिक नेतृत्व सिकायो। कागजमा लेखिएका अधिकार र महिलाको वास्तविक जीवनबीचको दूरी बुझ्ने अवसर यहीँबाट सुरु भयो।

यही सक्रियताका कारण उहाँ इजरायल, बंगलादेश, अमेरिका लगायतका देश पुग्नुभयाे । अन्तर्राष्ट्रिय अनुभवले उहाँलाई महिलाका समस्या सीमाना नमान्ने विषय हुन् भन्ने बुझाइ दियो। साथै, स्थानीय संघर्षलाई विश्वव्यापी बहससँग जोड्ने दृष्टि पनि यही यात्राले दियो।

सन् २०१६ देखि अमेरिका बस्दै आएकी सिर्जना काफ्लेले आफ्नो मूल एजेन्डा कहिल्यै छोड्नुभएन । आप्रवासी जीवनका चुनौतीबीच पनि उहाँ महिला अधिकार, समानता र प्रतिनिधित्वका सवालमा निरन्तर खटिइरहनुभयाे । नेपाली डायस्पोराभित्र महिलाको सहभागिता बढाउन र आवाज संस्थागत गर्न उहाँ सक्रिय रहनुभयाे ।

हाल उहाँ नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा समेत आबद्ध रहँदै समुदाय, सूचना र अधिकारका मुद्दालाई जोड्ने भूमिकामा देखिँदै आउनुभएकाे छ । यही निरन्तरता, विश्वसनीयता र नेतृत्व क्षमताले उनलाई बाल्टिमोर काउन्टीको नीतिगत संरचनासम्म पुर्‍याएको हो।

बाल्टिमोर काउन्टीको कमिसन फर वुमन कमिशन महिलासँग सम्बन्धित नीति, कार्यक्रम र सेवाबारे काउन्टी सरकारलाई सिफारिस गर्ने महत्वपूर्ण निकाय हो। घरेलु हिंसा, कार्यस्थलमा समानता, स्वास्थ्य, शिक्षा र नेतृत्व विकासजस्ता विषयमा आयोगको भूमिका निर्णायक मानिन्छ।

अब यही आयोगमा सिर्जना काफ्लेले आप्रवासी, अल्पसंख्यक र दक्षिण एसियाली महिलाका मुद्दालाई नीतिगत तहमा उठाउने अपेक्षा गरिएको छ। नेपाली समुदायबाट आएको अनुभवले अमेरिकी नीतिमा विविधता र समावेशिताको आवाज थपिने विश्वास गरिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डा. केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव धनगढीमा

काठमाडौं,९ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुग्नु भएको छ । शिक्षा तथा

‘हामीभित्र कमजोरी भए पनि सफलताका सबल पक्ष छन्’ : पोखरेल

काठमाडौं,९ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका कमजोरी र सफलताका पक्षलाई समग्रतामा हेरेर समीक्षा गर्नुपर्ने बताउनु भएको छ । नरबहादुर कर्माचार्यको १३ औं

गीत, संगीत र कला हाम्रो इतिहास र पहिचान हो : सभामुख अर्याल

काठमाडौं,९ साउन । सभामुख डोलप्रसाद अर्यालले गीत, संगीत, साहित्य र कला नेपाली समाजको भावना, इतिहास र पहिचान भएको बताउनु भएको छ । शनिबार वरिष्ठ गीतकार

सांसदलाई पीए दिने निर्णयविरुद्ध जेनजी सडकमा

काठमाडौं,९ साउन । संघीय संसद्का सदस्य (सांसद)हरूलाई व्यक्तिगत स्वकीय सचिव (पीए) राख्न दिने नेपाल सरकारको निर्णयविरुद्ध युवाहरु सडकमा उत्रिएका छन् । शनिबार माइतीघर मण्डलामा जेनजी

डा. केसीको उपचार र माग सम्बोधनका लागि मन्त्रालय सक्रिय

काठमाडौं,९ साउन । बिहीबारदेखि पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले

तीन वर्षको प्रतीक्षापछि काखमा खेलिरहेकी छोरी, मेघाको मुहारमा फर्कियो खुसी

दमक, ९ साउन । मन कति खुसी र सन्तुष्ट छ भन्ने कुरा शब्दले होइन, आँखाको चमक, ओठको मुस्कान र अनुहारमा देखिने भावले पनि बताउँछ। मेघा