झापा र इलाम जोड्ने यो पुल जसले दुई जिल्लाको भावना मात्रै जोडेन व्यापारको सम्भावना पनि खोल्यो

दमक, १५ माघ । वरिपरि जङगल डाँडाकाँडा भएको ठाँउ । विचमा खोला । जाहाँ लामो समय सम्म वारिपारि गर्न कुनै माध्यम थिएन। वर्खाको समयमा खोला तर्रे घाँस दाँउरा गर्न गएका किसान,काम गर्न गएका मजदुर देखी विद्ययालय गएका विद्ययार्थीलाइ समते घर फर्कीन समस्या थियो । स्थानियको अनुसार कति मानिसलाई खोलाले बगाएको पनि छ। दमकबाट मदन भण्डारी राजमार्ग हुदै इलामको चुलाचुली जोड्ने पुल नहँुदा स्थानय देखी यात्रुलाई समेत सास्ती थियो । तर सरकारले यही क्षेत्रबाट मदन भण्डारी राजमार्ग बनाउने निर्णय गर्योे र देशभर बन्ने पुलहरु एकै साथ यहीबाट सिलान्यास समेत गरीयो ।

 

पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले यो ठाउँबाट सुरु गरेको पुल निर्माण अभियानले अन्तिम रुप दिएको छ । सुरु गरिएको यो पोइन्टका नागरीले यो पुल बनिसकेपछि के राहत महसुस गरे त ?

चुलाचुलीका दिल कुमार गौतमको आँखै अगाडीबाट यो रतुवा तर्दै गर्दा कयौ व्यक्ति बगेका छन। पशु चौपाया बगाएर हराएका छन् । बिरामी पर्दा खोला तरेर दमक सम्म जान नसक्दा घरमै कतिपयले मृत्यू वरण गर्नुपरेको पनि उहाँले देख्नु भयो । ती कहालीलाग्दो अवस्था स्मरण गर्दै गौतम भन्नु हुन्छ रतुवामा यती पुल मात्रै बन्दा पनि हामीले धेरै न्याय पायौ। सहजै स्वास्थ्य उपचार गराउन सक्न जाने भयौ ।

पुल बनेपछि वारी र पारीको सम्बन्ध त प्रकट हुन्छ नै तर यसले नागरिकका कयौ समस्याको समाधान पनि गर्छ । समाधान मात्रै गर्दै यहाँबाट नयाँ सम्भावनाका ढोकाहरु पनि खेल्ने गर्छन । सुरक्षीत पुल निर्माण भएपछि तराई र पहाडको उत्पादनले बजार पाएको छ । गाउँको बाँझो जमिनमा उत्पादन गर्छु र बेच्छु भन्दा सहज हुने गरेको छ । कृषि पर्यटनको सम्भावना बढाएको छ । तराईकाहरु पहाड हेर्न र पहाडकाहरु तराईको महसुस गर्न आउने र जाने गर्दछन् ।

मदन भण्डारी राजमार्ग यही क्षेत्रबाट निर्माण गराउनु र यहाँका यसखालका समस्यालाई एउटै निर्णय र नितीबाट पुरा गराउने दुरदर्शी जनप्रतिधी आफुहरुको आवश्यकता रहेको भन्दै स्थानीयबासीले अनुरोध गरेका छन् । आगामी निर्वाचनमा समेत एउटै निर्णय र नितीले देशभर विकासमा नयाँ आयाम ल्याउन सक्ने गरीको जनप्रतिनिधी चुन्न यस क्षेत्रका नागरीले अपील समेत गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई