दमकमा खानेपानी बिस्तारमा नयाँ छलाङ

उत्तर तर्फ पानी पर्याप्त हुनुको साथै दक्षीणकालागी नयाँ योजना

दमक, १५ माघ । दमकमा अझैपनि सबै ठाउँमा पर्याप्त खानेपानी पहुँच पुगेको छैन । खासगरी दमकको दक्षीण तर्फ आयोजना सञ्चालन गरेर उपभोक्ताको घर घरमा खानेपानी पुग्न सकीरहेको छैन । यसकालागी बाह्रघरे खानेपानी आयोजना र दमक १ मा रहेको दमक खानेपानी आयउोजना बिच सहकार्य सहित नयाँ परियोजना अघी बढाउने तयारी भइरहेको छ । तर दमकको बजार क्षेत्र र उत्तर तर्फका बस्ति बस्तिमा खानेपानीको पहुचले नयाँ छलाङ मारेको छ ।

 

सबैको घरघरमा शुद्ध पानी पुर्याउने योजनाले सरकारले दमक,दुम्से र बेलडाँगीमा खाने पानीको आयोजना ल्याए पछि पानीको समस्या कम भएको छ।
दमक—१ का स्थानीय भिम बाहादुर खडका भन्नु हुन्छ, पहिले पानी टेङकीको सुवीधा नहुँदा धेरै समस्या हुन्थ्यो। पानी पहेलो भएका कारण दैनीक जिवनमा प्रयोग गर्न धेरै समस्या हुन्थ्यो । नयाँ र ठुला ठुला खानेपानीका अयोजना बनीरहेका छन् । यसले सुद्ध खानेपननी अहिले घर घरमा पुगीरहेको छ ।

 

यता दमक ३ गजेन्द्र भुजेल दमक ३ मा रहेको बेलडाँगी खानेपानी आयोजनाको उपभोक्ता हुनुहुनछ । पहिला बर्खाको समयमा खोलामा बाढि आउँदा सबै पाइप बगाएर लैजान्त्यो । र त्यसको समयमा मर्मत र नयाँ पाईप बिस्तार हुन नसक्दा महिनौ दीन सम्म धाराको पानी प्रयोग गर्न पाइदैन थियो । तर अहिले सुरक्षीत र ठुलो क्षमताको पानीका ट्याङकी बनेका छन् । जसले गर्दा सँधै खानेपानीको प्रयोग गर्न पाइरहेको उहाँले बताउनु भयो ।

 

शहरको रुपमा विकसीत भइरहेको दमकमा हरेक दिन जनघनत्व बढिरहेको छ । जति घरहरु बढे खानेपानीको आवश्यकता उतीनै बढिरहन्छ । त्यसैले दमकको आवश्यकतालाई मद्यजनजर गर्दै यहाँ एसियाली विकास बैंकको ऋण सहयोगमा समेत खानेपानी आयोजना बिस्ताको काम धमाधम भइरहेको छ । यो परियोजना सम्पन्न भएपछि सिङ्गो दमकमबासीले खानेपानी पाउने अवस्थाको निश्न्तिता हुने बिस्वास गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको