नेपाली सृजना प्रवर्द्धनमा डायस्पोरा

सात स्रष्टालाई अमेरिकामा सम्मान प्रदान गरिँदै

मार्च २९ मा अमेरिकाको ल्यांकास्टर, पेन्सल्भेनियामा गीतकार संघको दोस्रो सम्मेलन हुने

अमेरिका, १७ माघ / अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (आइएनएलए) ले आफ्नो दोस्रो सम्मेलनका अवसरमा सात नेपालीभाषी स्रष्टालाई सम्मानित गर्ने भएको छ ।

 

स्थानीय साहित्यिक संस्था साहित्य कला संगमको संयोजनमा आगामी मार्च २९ मा अमेरिकाको ल्यांकास्टर, पेन्सल्भेनियामा आयोजना गर्ने सम्मेलनमा स्रष्टा सम्मानसहित विभिन्न सत्र, सांगीतिक प्रस्तुति, साहित्यिक संवाद तथा स्रष्टाबीच अनुभव आदान–प्रदानका कार्यक्रमहरू समावेश गरिने संघका महासचिव रन खड्काले जनाउनु भयो ।

 

 

सम्मेलनको प्रमुख आकर्षणका रूपमा गीत–संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सात जना स्रष्टालाई विशेष सम्मान प्रदान गरिनेछ । सम्मानित हुने स्रष्टाहरूमा दिनेश अधिकारीलाई आइएनएलए ज्ञानेन्द्र गदाल गीत सम्मान प्रदान गरिनेछ । नेपालतर्फबाट पुरू लम्साललाई गीतकार सम्मान, तृप्ति खड्कालाई संगीत सम्मान र यसोदा पराजुलीलाई गायन सम्मान प्रदान गरिनेछ ।

 

त्यसैगरी, डायस्पोरा श्रेणी अन्तर्गत अमेरिकाबाट सबु गदाल कार्कीलाई डायस्पोरा गीतकार सम्मान, डम्बर खापुङ सुब्बालाई डायस्पोरा गायन सम्मान तथा अगम गुरुङलाई डायस्पोरा लोक संगीत सम्मान प्रदान गरिने संघले जनाएको छ ।

 

 

सम्मेलनमा नेपाली गीत–संगीत, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धनलाई केन्द्रमा राखिने संघका संस्थापक अध्यक्ष डा. हरि उप्रेतीले जनाउनु भयो । उहाँले सम्मेलनले विश्वभर छरिएर रहेका नेपाली सर्जकहरूलाई एउटै साझा मञ्चमा जोड्ने विश्वास व्यक्त गर्नुभयो । विश्वभर रहेका नेपाली गीतकार, संगीतकार तथा साहित्यिक सर्जकहरूलाई एउटै मञ्चमा समेट्नु, नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्नु तथा मौलिक सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु संघको उद्धेश्य रहेको उल्लेख गर्नुभयो ।

 

 

यसअघि आप्रवासी गीतकार नेपाली संघको नामबाट गतिविधि सञ्चालन गर्दै आएको संस्थाले सन् २०२६ देखि कानुनी रूपमा “अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (आइएनएलए)”का रूपमा दर्ता भई आफ्ना कार्यक्रमहरू अघि बढाएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । कोष संकलन र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उहाँले संगठनलाई आर्थिक रूपमा दिगो बनाउने लक्ष्य रहेको सुनाउनु भयो । ‘आइएनएलएले ५०१(अ)(३) सार्वजनिक परोपकारी संस्थाका रूपमा मान्यता पाउनु ठूलो उपलब्धि हो । यसले पारदर्शी र प्रभावकारी रूपमा समुदायका लागि काम गर्न सहज बनाएको छ,” डा. उप्रेतीले भन्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ