दमक र मुधमल्ला जोड्ने मावाको यो पुल, सुविधा के भयो ? पहिला कस्तो थियो ?

मधुमल्ला अहिले राष्ट्रिय राजमार्गमा जोडीएको छ

 

दमक, १८ माघ । मधुमल्ला र दमक जोड्ने लामो समय सम्म पुल नहुँदा मधुमल्लाका स्थानीयले समस्या भोग्दै आएका थिए। वारीपारी गर्न समस्या हुने ।व्यापार व्यवसाय गर्न दमक जान दमकबाट मधुमल्ला जान समस्या हुन्थ्यो। वर्खाको समयमा विद्ययालय जाने विद्ययार्थीलाई समेत समस्या हुन्थ्यो।खोलामा बाढी बढेको बेला आस्पासको बस्तीमा बाढी पस्ने समस्या हुन्थ्यो।

 

यातायातको साधान आवत जावत नहँदा बीरामी भएको बेला यहाँका स्थानीलाई धेरै समस्या हुन्थ्यो। यस्तो समस्या लामो समय देखी मधुमल्लाका स्थानीयले भोग्दै आएका थिए। पुर्व प्रधानमन्त्री श्री केपी र्शामा आली ज्युबाट दमक—मधुमल्ला जोड्ने मावा खाला पुलको समुद्घाटन २०७६ साल फागुन ४ गते गर्नुभएपछि वर्षै देखीको यहाँको समस्या अहिले हटेको छ ।

 

 

मधुमल्ला बजार जाँदा बाढी आँउदा घर आँउन समस्या हुन्थ्यो। खेला कति खेर घट्छ भनेर पर्खीनु पर्थ्यो। यसरी पुल नहुदा भोग्नु परेको पिडा सुनाँउनु हुन्छ,दल माया माझी।उहाँ भन्नु हुन्छ अहिले पुल बनेको कारण धेरै राहत मिलेको छ। यातायातको साधान सहज चल्न थालेको छ।

 

 

 

मधुमल्लाका बौध भण्डारीको पनि अनुभव उस्तै छ। पुल नहुदा वारि पारी गर्न समस्या हुन्थ्यो । वर्खाको समयमा मधुमल्ला गयो भने खोलमा पानी बढेर कहिले उतै बस्न बध्य हुन्थ्यो। अहिले पुल भएर आवत जावत गर्न सहज भएको छ।

 

 

पुलको अभावका कारण लामो समय देखी भोग्दै आएको समस्या मधुमल्लामा मात्र होइन देशभरी नै उस्तै थियो । तर अहिले नागरिकको आवश्यकतालाई ध्यानमा राखेर विकास बुझेको नेताले सरकारको नेतृत्व गर्दा हेर्दा सामान्य तर तीनको प्रभाव निकै ठुलो हुने गरेका कयौ उदाहरण छन् ।

 

अझ यो मावा पुललको कुरा गर्दा यस क्षेत्रका नागरीकको दैनिकि मात्रै सहज भएको छैन । यही ठाउँबाट मदन भण्डारी राजमार्ग समेत विस्तार गरेपछि मधुमल्ला अहिले राष्ट्रिय राजमार्गमा जोडीएको छ र यस क्षेत्रको व्यवसायीक चहल –पहल अझ बढ्न थालेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८