अनुशीलन

टंक आचार्यको दमकदेखि अमेरिकासम्मको साहित्यिक यात्रा

उहाँ देख्दा गम्भिर प्रकृतिको देखिएपनि ख्याल ठट्टा गर्दै हुरुक्कै पारेर हँसाउन सिपालु हुनुहुन्छ

दमक, १९ माघ / जसको घरमा सृजना कर्मको वातावरण थियो । पिता कमल जंगली साहित्यकारका रुपमा चिनिनु भएको थियो । आमा जयकला पनि फाटफुट लेख्ने गर्नुहुन्थ्यो । दाजु जीवन आचार्य त कविता, लेख, चित्रकला क्षेत्रका अब्बल सर्जक कहलिनु भएको थियो । यस हिसाबले पनि टंक आचार्यमा केही न केही लेख्ने बानी पर्‍यो । दाजु जीवनसँग काठमाडौं बस्दा साहित्यिकार र पत्रकारहरुसँगको संगतमा उहाँ सोही क्षेत्रका गतिविधिमा सामेल बन्नु भयो । उहाँलाई नै सृजना र जीवनको आदर्श पात्र मान्दै उहाँको स्मृतिमा ज्यादै भावुक बन्नु हुन्छ ।

 

वि.सं. २०२० भदौ २४ पाँचथरको यासोकमा जन्मिएर झापाको दमकमा बसोबास गर्दै आफ्‌नो कर्म अघि बढाउँदै आउनु भएका उहाँ देख्दा गम्भिर प्रकृतिको देखिएपनि ख्याल ठट्टा गर्दै हुरुक्कै पारेर हँसाउन सिपालु हुनुहुन्छ । छोरी रचनामार्फत श्रीमती इन्दिराका साथमा विगत ५ वर्षदेखि अमेरिका बसोबास गर्दै आउनु भएको छ । अमेरिकामा पनि साहित्यिक गतिविधिमा सक्रिय बन्नु भएका उहाँको पहिलो कविता ‘मातृभूमि’ समीक्षा पत्रिकामा २०४१ सालमा प्रकाशित भएको थियो । गीत, गजलकासाथै प्रभावकारी कविता लेख्ने उहाँको २०६१ सालमा कविता संग्रह ‘फेरि अर्को एउटा कुरुक्षेत्र’ प्रकाशित छ । विभिन्न पत्रपत्रिकामा तथास्तु र अवशेष स्तम्भमा लेखिएका लेखहरुको संग्रह प्रकाशनको अन्तिम तयारीमा छ ।

 

उहाँ मुक्त अभियानका संयोजकका साथै, जीवन स्मृति प्रतिष्ठान, दमक साहित्य प्रतिष्ठान, पूर्वाञ्चल गजल मञ्च, नेपाल रेडक्रस सोसाइटीसहितमा आवद्ध बन्नु भएको थियो । अमेरिकाबाट दमक आएको बेला उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा गरिएको कुराकानीको भिडिओ :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८