दमक र आमबाडी जोड्ने पुलले नागरीकका कस्ता मागको पुर्ती गर्यो ?

दमक, २२ माघ । दमक–१० आमबाडी र मोरङ जोड्ने मावा बेतनी खोलाको नाम सुन्नासाथ स्थानीयको मनमा पहिले डर, दुःख र जोखिमको तस्बिर आउँथ्यो। वर्षायाम लागेपछि खोलामा पानी बढ्थ्यो, बाटो काट्न नसकिने हुन्थ्यो। स्कुल जाने बालबालिका, बजार हिँड्ने व्यापारी, बिरामी बोकेर हतारिँदा समेत खोला नै बाधक बन्थ्यो। कहिलेकाहीँ त जोखिम मोलेर खोला तर्नु बाहेक अर्को विकल्प हुँदैनथ्यो।

स्थानीय सुस्मा कार्कीसग विगतका ती दिन अझै ताजा छन्। “पुल नहुँदा वारीपारी गर्न साह्रै गाह्रो थियो। घाँस–दाउरा गर्न जान पनि खोला तर्नैपथ्र्यो। बर्खामा त झन् घरमै थुनिनु पर्ने अवस्था हुन्थ्यो। अहिले पुल बनेपछि जिन्दगी नै सजिलो भयो।” उहाँले भन्नु भयो । उहाँका अनुसार यो पुल मात्रै होइन, सडक, बाटो र अन्य विकासका काम पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अघि बढेका हुन्।

 

यस्तै यही ठाउाका विवेक कार्कीले पनि वर्षौंदेखि भोगेको पीडा सम्झिँदै राहतको सास फेर्नुभएको छ।“सानो खोला जस्तो देखिए पनि बर्खामा त यो नदी नै बन्थ्यो। काममा जान, बजार पुग्न सबै कुरा रोकिन्थ्यो। अहिले पुल बनेपछि डर बिना हिँडडुल गर्न पाइन्छ,” उहाँले भन्नुभयो।

 

किसान परिवारका लागि त यो पुल झन् वरदान बनेको छ। स्थानीय किसान सरीता कार्की भन्छिन्, “पहिले खेतमा काम गर्न जानु नै समस्या हुन्थ्यो। खाजा पकाएर लगे पनि खोला बढेपछि फर्किनै सकिँदैनथ्यो। अब सजिलै खेतबारी पुग्न पाइन्छ, तरकारी, अन्न बजार लान पनि सहज भयो।”

 

मावा बेतनी खोलामा बनेको यो पुलको उद्घाटन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल फागुन १६ गते एक विशेष समारोहबीच गर्नुभएको थियो। पुल सञ्चालनमा आएपछि आमबाडी, दमक–१० इटहरा हुँदै मोरङतर्फको आवागमनले नयाँ गति लिएको छ। व्यापार व्यवसाय बढेको छ भने आपतकालीन सेवामा समेत सहजता आएको स्थानीयको भनाइ छ। स्थानीयहरू भन्छन्, पुलले केवल खोला मात्रै जोडेन्, जीवनको दुःख पनि जोडेर सहज बनाइदियो। अब आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लिएर पनि उनीहरू सचेत देखिन्छन्। विकास गर्ने, गाउँको पीडा बुझ्ने र यस्तै ठोस काम गर्ने जनप्रतिनिधि चाहिएको स्थानीयको अपेक्षा छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई