सेतुमारी र मोरङ जोडने रतुवा नदीमा पुल अभावले दिएका ती दिन सम्झदै स्थानीय भन्छन् ‘अहिले त निकै आनन्द छ ।’

दमक, २२, माघ । दमक–१० सेतुमारी र मोरङ जोड्ने रतुवा नदीमा पुल नहुँदा वर्षायाममा आवतजावत अवरुद्ध भई स्थानीयले ठूलो समस्या भोग्दै आएका थिए । बिरामी, विद्यार्थी, किसान र व्यापारी सबैलाई समस्या हुन्थ्यो । तर पक्की पुल बनेपछि यात्रा सहज भएको छ र आर्थिक तथा सामाजिक गतिविधि तीव्र बनेका छन् । पुलको उद्घाटन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २ हजार सततर साल फागुन १६ गते गर्नुभएको थियो । दमक–गौरादह जोड्ने यो पुलले सेतुमारी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको स्थानीयले बताएका छन् । रतुवा नदीको पुल आज सेतुमारी र मोरङका लागि केवल संरचना मात्र नभई विकास, सुविधा र सम्भावनाको प्रतीक बनेको छ ।

स्थानीय डमरु बल्लभ न्यौपाने ती दिन सम्झिँदै भन्नुहुन्छ, “पहिले मोरङ जान निकै गाह्रो हुन्थ्यो। बर्खामा त बाटो नै बन्द जस्तै हुन्थ्यो। अहिले पुल बनेपछि समस्या समाधान मात्रै होइन, समयको पनि ठूलो बचत भएको छ।

नता जोसीको अनुभव पनि उस्तै पीडादायी छ।उहाँ भन्नुहुन्छ, “पुल नहुँदा बजार गयो भने फर्किँदा बाढी आएको हुन्थ्यो। कतिपटक त बीचमै अल्झिनुपथ्र्यो। तर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पुल बनेपछि अहिले धेरै सहज भएको छ।”

दमक–१० का पूर्व वडा अध्यक्ष बोधराज न्यौपानेका अनुसार सेतुमारी पहिले दुई वटा खोलाको बीचमा परेको क्षेत्र थियो।“वारीपारी गर्न साह्रै समस्या थियो। यही समस्या समाधान गर्न पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग समन्वय गरेर रतुवा नदीमा पुल निर्माण गरिएको हो। पुल बनेपछि स्थानीयको जीवन नै सजिलो भएको छ,” उहाँले बताउनुभयो। रतुवा नदीमा बनेको यो पक्की पुलको उद्घाटन पनि २ हजार सततर साल फागुन १६ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो।

 

दमक–गौरादह जोड्ने यो पुल सञ्चालनमा आएपछि सेतुमारी क्षेत्रको आवागमनले नयाँ गति लिएको छ। व्यापार फस्टाएको छ, विद्यार्थीहरू सहजै स्कुल जान थालेका छन् भने बिरामीलाई समयमै उपचार केन्द्र पु¥याउन सकिने भएको छ।आज रतुवा नदीको पुल सेतुमारी र मोरङका लागि केवल सिमेन्ट र फलामको संरचना मात्र होइन, विकास, सुविधा र सम्भावनाको प्रतीक बनेको छ। स्थानीय भन्छन्, सरकार र नेतृत्वले जनताको वास्तविक समस्या बुझेर यस्ता ठोस काम गरे मात्र देशको समृद्धि सम्भव हुन्छ। रतुवा नदीमाथिको यो पुलले सेतुमारीको दुःख हटाएर विकासको नयाँ ढोका खोलिदिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई