वर्षौंदेखिको सास्ती अन्त्य

हिमाबी आमचोक–मधुमल्ला सडक पिच भएपछि दमक र मधुमल्लामा व्यापार र जनजीवनमा नयाँ ऊर्जा

दमक,२२ माघ ।दमक, मधुमल्ला क्षेत्रका बासिन्दाको मुख्य व्यापारिक केन्द्र दमक हो। मधुमल्लामा उत्पादन भएका कृषि उपज बिक्री गर्न होस् या दैनिक उपभोग्य सामग्री खरिद गर्न, स्थानीयहरू वर्षौंदेखि दमककै भर पर्दै आएका छन्। तर हिमाबी आमचोक हुँदै मधुमल्ला जोडिने सडकको दयनीय अवस्थाका कारण उनीहरूले लामो समयसम्म सास्ती भोग्नुपरेको थियो। वर्खायाममा हिलोले बाटो अवरुद्ध हुन्थ्यो भने हिउँदमा धुलो उडेर हिँड्नै गाह्रो हुन्थ्यो। सवारी साधन चलाउन मुस्किल पथ्र्यो, व्यापार प्रभावित हुन्थ्यो, बिरामी बोकेर अस्पताल पुग्न पनि समस्या हुन्थ्यो। तर अहिले, हिमाबी आमचोक–मधुमल्ला जोड्ने त्रिवेणी सडक व्यवस्थित रूपमा पिच भएपछि अवस्था पूर्ण रूपमा बदलिएको छ। अब साना ठूला सवारी साधन सहजै सञ्चालन हुन थालेका छन्। यात्रुहरूलाई मात्र होइन, किसान र व्यापारीलाई पनि ठूलो राहत मिलेको छ। पहिले र अहिलेको फरकबारे स्थानीय के भन्छन् त?

 

कृष्ण गुरागाईं भन्नु हुन्छ,यो सडकले सामाजिक र आर्थिक दुवै क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ।“पहिले सडक पिच नभएको बेला धुलो उड्थ्यो, पानी जम्थ्यो, हिँडडुल गर्न निकै गाह्रो हुन्थ्यो। अहिले सडक बनेपछि आवतजावत सहज भएको छ, व्यापार पनि बढेको छ, जीवन नै सजिलो भएको छ।”

 

 

 

त्यस्तै खड्गबहादुर थापा सम्झनु हुन्छ,पहिले मधुमल्ला र आसपासका क्षेत्रमा उत्पादन भएका सामान गोरु गाडामा बोकेर ल्याउनुपर्ने बाध्यता थियो। सडक हिलाम्मे हुँदा सामान ल्याउन धेरै दुःख हुन्थ्यो। कहिले ढिलो हुन्थ्यो, कहिले बिग्रिन्थ्यो। अहिले पिच भएपछि साना ठूला गाडी सहजै चल्न थालेका छन्। किसानदेखि व्यापारी सबैलाई फाइदा पुगेको छ।”

 

 

वास्तवमा, कुनै पनि क्षेत्रको विकासको मेरुदण्ड भनेकै सडक हो। सडक व्यवस्थित भएन भने न व्यापार चल्छ, न सेवा सुविधा पुग्छ, न जनताको जीवनस्तर उकासिन्छ। यही उदाहरण हिमाबी आमचोक–मधुमल्ला सडकले देखाइदिएको छ। समयको बचत, खर्चको कमी, व्यापारको विस्तार र जनजीवनको सहजता, सबै यही सडकले सम्भव बनाएको छ। यसले एउटा महत्वपूर्ण सन्देश पनि दिन्छ, विकास बुझ्ने, योजनाबद्ध रूपमा काम गर्न सक्ने नेतृत्व सरकारको नेतृत्वमा पुग्दा मात्रै यस्ता परिवर्तन सम्भव हुन्छन्। सडकजस्ता आधारभूत पूर्वाधारमा लगानीले मात्रै स्थानीय समृद्धिको ढोका खुल्छ भन्ने कुरा यो सडकले प्रष्ट प्रमाणित गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको