फराकिलो कालोपत्रे बनेपछि पाडाजुगी–गौरीगञ्ज सडकमा स्थानीयको जीवन सहज

दमक,२५ माघ । गौरीगञ्ज–पाडाजुगी जोड्ने सडक कालोपत्रे भएपछि यहाँका स्थानीयले ठूलो राहत महसुस गरेका छन्। यसअघि सडक ग्राभेल अवस्थामा हुँदा सवारी चल्दा अत्यधिक धुलो उड्ने, वर्षायाममा हिलाम्मे हुने र समयमा गन्तव्यमा पुग्न मुस्किल पर्ने समस्या थियो। दैनिक आवतजावत गर्ने बासिन्दा, विद्यार्थी र यात्रुहरू सबैभन्दा बढी प्रभावित थिए। धुलोका कारण स्वास्थ्यमा असर पर्ने र यातायात सेवा अनियमित हुने गुनासो व्यापक थियो। तर अहिले अवस्था फरक छ। सडक फराकिलो बनाउँदै कालोपत्रे गरेपछि यात्रा सहज, सुरक्षित र छिटो भएको स्थानीयले बताएका छन्। विद्यालय जाने विद्यार्थीदेखि व्यापार व्यवसाय गर्नेहरू सबैले प्रत्यक्ष फाइदा पाएका छन्।

स्थानीय राम चन्द्र गुरागाँई खुशी हुँदै भन्नु हुन्छ, “पहिले पाडाजुगी हँदै गौरीगञ्ज जाने सडक ग्राभेल हुँदा धेरै धुलो उड्थ्यो। अहिले कालो पत्रे र फराकिलो सडक भएकाले यातायात गर्न धेरै सहज भएको छ। घर अगाडि जेबराक्रसिङ छ, छोटो समयमा धेरै ठाउँमा पुग्न सकिन्छ।”

 

पदमा देबी दाहालका अनुसार पनि पहिले सडक सानो र जोखिमपूर्ण थियो। “धेरै दुर्घटना हुन्थ्यो, तर अहिले फराकिलो कालोपत्रे भएको कारण समयमा गन्तव्यमा पुग्न सजिलो भएको छ। समयको पनि बचत भएको छ।”

 

यसरी ग्राभेलको सास्ती हट्दै फराकिलो कालोपत्रे सडक बनेपछि स्थानीयको दैनिकी सहज भएको छ। अब फागुन २१ गते हुने निर्वाचन मार्फत चुनिने जनप्रतिनिधिले यस्तै विकासलाई निरन्तरता दिँदै बाँकी पूर्वाधार पनि व्यवस्थित बनाउने र स्थानीय जनजीवन अझ सरल बनाउने अपेक्षा यहाँका बासिन्दाले गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको