ग्राभेलको सास्तीबाट मुक्ति

पाडाजुगी–गुवाबारी–बाह्रघरे सडकले देखायो विकासको प्रत्यक्ष प्रभाव

दमक,२५ माघ । पाडाजुगी चोकदेखि गुवाबारी हुँदै बाह्रघरे स्कुलचौन जोड्ने सडक अहिले यस क्षेत्रको विकास र परिवर्तनको उदाहरण बनेको छ। केही समय अघिसम्म ग्राभेल अवस्थामा रहेको यो सडक बर्खामा हिलो र हिउँदमा धुलोका कारण स्थानीय बासिन्दा, विद्यार्थी र बिरामीका लागि ठूलो समस्या थियो। सवारी आवागमन कठिन हुँदा दैनिक यात्रा जोखिमपूर्ण बन्दै आएको थियो। तर अहिले अवस्था फेरिएको छ। सडक कालोपत्रे बनेसँगै आवागमन सहज, सुरक्षित र व्यवस्थित भएको छ। वर्षायाममा हिलोको समस्या हटेको छ भने धुलोमुक्त सडकले स्वास्थ्य र समय दुवै बचत भएको स्थानीयको भनाइ छ। सडक सुधारपछि विद्यालय जाने विद्यार्थी, अस्पताल पुग्ने बिरामी र स्थानीय व्यवसायमा समेत सकारात्मक प्रभाव देखिन थालेको छ।

 

स्थानीय विश्वनाथ नेपाल विगतका दिन सम्झिँदै भन्नु हुन्छ, पहिले बर्खामा हिलो र हिउँदमा धुलोले बस्नै सकिँदैनथ्यो। अहिले सडक पिच भएपछि धेरै सहज भएको छ। बिरामी हुँदा समयमा अस्पताल पुग्न सकिने अवस्था बनेको उहाँ बताउनु हुन्छ।

 

 

नवराज तिवारीका अनुसार पनि अहिले पहिलेभन्दा धेरै राहत मिलेको छ। सडक सहज भए पनि दुवै तर्फ नाला नहुँदा बर्खामा समस्या देखिने गरेको उहाँको गुनासो छ। सडक बनेपछि स्थानीय मात्र होइन, बाहिरबाट आउने यात्रु पनि सहज रूपमा गन्तव्यमा पुग्न सक्ने अवस्था बनेको छ।

बाइट… नवराज तिवारी, लखनपुर–६

 

चन्द्रबहादुर प्रधान भन्नु हुन्छ, पहिले सडक कच्ची हुँदा साइकल कुदाउन समेत मुस्किल थियो। अहिले कालोपत्रे भएपछि गाडी, मोटरसाइक ललगायत सबै सवारी साधन सहज रूपमा चल्न थालेका छन्। यही सडक प्रयोग गरेर छोटो समयमा विभिन्न स्थानमा पुग्न सकिने उहाँको भनाइ छ।

 

यसरी ग्राभेलको सास्ती हट्दै सडक पक्की बनेपछि स्थानीयको दैनिकी सहज बनेको छ। अब आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा यहाँका बासिन्दा विकासलाई निरन्तरता दिने, अधुरा पूर्वाधार पूरा गर्ने र जनजीवन अझ सहज बनाउने जनप्रतिनिधिको अपेक्षा गरिरहेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको