स्थानीय सन्तुष्ट

सडक कालोपत्रे भएपछि गुवाबारीदेखि धरधरेसम्म सहज यात्रा

दमक,२५ माघ ।गुवाबारी स्कुलदेखि रङ्गपुर बाह्रघरे स्कुलचौन हुँदै धरधरे दामुना जोड्ने सडक अहिले विकासको प्रत्यक्ष उदाहरण बनेको छ। केही वर्ष अघिसम्म ग्राभेल अवस्थामा रहेको यो सडक स्थानीयका लागि दैनिकी मै सास्तीको कारण थियो। धुलो उड्ने, वर्षायाममा हिलाम्मे हुने र सवारी चलाउनै गाह्रो हुने अवस्थाले विद्यार्थी, बिरामी र दैनिक आवतजावत गर्ने नागरिक सबै प्रभावित थिए। तर अहिले अवस्था फेरिएको छ। सडक कालोपत्रे बनेसँगै यात्रा सहज, सुरक्षित र छरितो भएको छ। धुलो र हिलोको समस्या हटेपछि सवारी आवागमन बढेको छ भने यस क्षेत्रको दैनिकीमा स्पष्ट परिवर्तन देखिन थालेको छ। स्थानीयका अनुसार सडक सुधारले आवागमन मात्र होइन, व्यापार–व्यवसाय र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको छ।

 

स्थानीय चन्द्रा बस्नेत भन्नु हुन्छ, विवाह गरेर आएको १० वर्ष भयो। १० वर्ष अघि सडक ग्रावेल हुँदा हिँडडुल गर्न नै समस्या थियो। अहिले कालोपत्रे बनेपछि यात्रा धेरै सहज भएको छ। यद्यपि, उहाँको गुनासो छ—सडक बनेको भए पनि दिगो र गुणस्तरीय रूपमा निर्माण हुनुपर्ने थियो। यो सडक प्रयोग गरेर छोटो समयमा धेरै स्थानमा पुग्न सकिने भएकाले यसको महत्व अझ बढेको उहाँ बताउनु हुन्छ।

 

 

राजेन्द्र लिम्बुको अनुभव पनि उस्तै छ। पाँच वर्षअघि सडक ग्रावेल हुँदा समयमा गन्तव्यमा पुग्नै सकिँदैनथ्यो। अहिले कालोपत्रे भएपछि दमक जान सहज भएको छ। यही सडक प्रयोग गरेर दमक पलुदेखि रमपुर, स्कुलचौन हुँदै आफूले चाहेको गन्तव्यमा सजिलै पुग्न सकिने उहाँको भनाइ छ।

 

 

यसरी सरकारले अघि बढाएको विकासका कामले वर्षौँदेखिको सास्ती अन्त्य गर्दै स्थानीयको जीवनलाई सहज बनाएको छ। अब फागुन २१ गते हुने निर्वाचन मार्फत चुनिने जनप्रतिनिधिले यस्ता विकासका कामलाई निरन्तरता दिँदै बाँकी पूर्वाधार पनि गुणस्तरीय र दिगो रूपमा अघि बढाउने अपेक्षा स्थानीयले गरेका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई