हिलो र धुलोको बाटोबाट सहज यात्रासम्म

दमक–सेतुमारी सडकमा देखियो परिवर्तन

दमक,२६ माघ ।दमक हाईवे र सेतुमारी जोड्ने सडक लामो समयसम्म ग्राभेल अवस्थामा रहँदा स्थानीय यात्रुहरूले दैनिक सास्ती भोग्दै आएका थिए। वर्षायाममा हिलो, हिउँदमा धुलोका कारण सवारीसाधन चलाउन कठिन हुने मात्र होइन, पैदल यात्रु र स्थानीय व्यवसायीसमेत प्रभावित थिए। धुलोले श्वासप्रश्वासमा समस्या, साना दुर्घटनाको जोखिम र समयमा गन्तव्यमा पुग्न नसक्ने अवस्था यस क्षेत्रका लागि सामान्य जस्तै बनेको थियो। विद्यालय जाने बालबालिका, बिरामी बोकेका एम्बुलेन्स र दैनिक आवतजावत गर्ने सर्वसाधारणले यस सडकको समस्या प्रत्यक्ष रूपमा भोग्दै आएका थिए। तर अहिले अवस्था फेरिएको छ। दमक हाईवे र सेतुमारी जोड्ने उक्त सडक कालोपत्रे भएपछि स्थानीयवासीले ठूलो राहत महसुस गरेका छन्। सहज, सुरक्षित र छरितो यात्रा सम्भव भएपछि यात्राको समय घटेको छ भने सवारीसाधनको आवागमन पनि व्यवस्थित बनेको छ।

स्थानीय मतु लाल दुलालले विगतको दिन सम्झिँदै भन्नुभयो, ग्राभेल सडक हुँदा दैनिक यात्रा निकै कष्टकर थियो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि सडक कालोपत्रे हुँदा अहिले हिँडडुल सहज भएको उहाँको भनाइ छ। सबैखाले सवारीसाधन चल्न थालेका छन् र गन्तव्यमा सहजै पुग्न सकिने अवस्था बनेको उहाँका भनाइ छ।

यस्तै, स्थानीय केशब कालाखेतीले पनि सडक कालोपत्रे भएपछि ठूलो राहत मिलेको बताउनुभयो। उहाँका अनुसार पहिले वर्षा र हिउँद दुवै मौसममा समस्या हुने गरे पनि अहिले त्यो अवस्था हटेको छ। यद्यपि सडक दीगो हुनुपर्नेमा उहाँको चासो छ।

ग्राभेल अवस्थामा रहँदा धुलो, हिलो र जोखिमका बीच यात्रा गर्न बाध्य दमक हाईवे र सेतुमारी क्षेत्रका स्थानीय यात्रुहरूले अहिले सडक कालोपत्रे भएपछि जनजीवनमै परिवर्तन आएको अनुभूति गरेका छन्। यो सडक अब केवल यातायातको साधन मात्र नभई विकास र परिवर्तनको प्रतीक बनेको स्थानीयको भनाइ छ। यही परिवर्तनलाई आधार मानेर फागुन २१ मा हुने निर्वाचनबाट निर्वाचित भएर आउने उम्मेदवारप्रति स्थानीयको अपेक्षा पनि स्पष्ट छ—यस्ता आधारभूत पूर्वाधारका कामलाई निरन्तरता दिँदै दिगो र योजनाबद्ध विकास गर्न सक्ने नेतृत्व चाहिन्छ। विकास नारामा सीमित नभई व्यवहारमा देखिनुपर्नेमा स्थानीयको जोड छ। सडकले देखाएको परिवर्तनजस्तै अनुभूत हुने विकासले मात्रै जनताको विश्वास जित्ने भएकाले, आगामी नेतृत्वले यही अपेक्षालाई आत्मसात् गर्ने विश्वास स्थानीयले राखेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई